२०८३ बैशाख १३ गते आइतवार

सुशीला कार्की प्रधानमन्त्री नियुक्त हुँदै

दाङ , भदौ २७ । पूर्वन्यायाधीश सुशीला कार्कीलाई शुक्रबार प्रधानमन्त्री नियुक्त गर्ने तयारी भइ रहेको छ ।


राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीको शपथ गराउने तयारी गरि रहेको स्रोतले बताएको छ।

राष्ट्रपति पौडेलले बिहीबार दिनभर र मध्यरातमा पनि छलफल र परामर्श जारी राखेका थिए ।

राष्ट्रपतिले राजनीतिक दलका प्रमुख नेताहरुका साथै संविधानविदहरु सँगपनि छलफल गर्दै आएका छन् ।
राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग सो बिषयमा छलफल गरेको स्रोतले बताएको छ ।

राष्ट्रपति पौडेलले अस्पतालमा उपचाररत नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि टेलिफोनमा परामर्ष गरेको स्रोतले बताएको छ ।

त्यस्तै राष्ट्रपति पौडेलले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत (समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई शितल निवासमै बोलाएर परामर्ष गरेका थिए ।


आन्दोलनरत जेनजीको समर्थनमा सवैराधतिक दलहरु पनि संवैधानिक बाटोबाट कार्कीलाई प्रधानमन्त्री बनाउन सबै सकारात्मक देखिएका छन् ।

राष्ट्रपति पौडेलले संविधानविदहरु भिमार्जुन आचार्य, विपिन अधिकारी, पूर्णमान शाक्य, चन्द्रकान्त ज्ञवाली, ललित बस्नेतलाई शितल निवासमा बोलाएर परामर्ष गरेका थिए ।

संविधानविदहरूले पनि संसद र संविधान भित्रैबाट नियुक्तिको बाटो खोज्न राष्ट्रपतिलाई सुझाएका थिए ।
नियुक्त प्रधानमन्त्रीले संसद विघटन गर्ने तथा चुनावको मिति सिफारिस गर्ने बारेपनि छलफल तथा परामर्ष भएको स्रोतले बताएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *