२०८३ कार्तिक २२ गते शनिवार

तुलसीपुर कारागारबाट भागेका कैदी बन्दी मध्य ४८ जना पक्राउ

तुलसीपुर , भदौ २५ ।तुलसीपुर कारागारबाट बुधबार बिहान भागेका एक सय २९ जना कैदी बन्दी मध्य ४८ जनालाई नियन्त्रणमा लिइएको छ ।


नेपाली सेनासहितको संयुक्त सुरक्षा टोलीले जेल तोडेर भागेका मध्य ४८ जनालाई नियन्त्रणमा लिन सफल भएपनि ८१ जना भने भाग्न सफल भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले बताए । भागेकाहरुको खोजी भइ रहेको छ ।


मंगलबार बेलुकीपनि तुलसीपुर कारागार बाट एक सय २४ जना कैदी बन्दी भागेका थिए । कारागार प्रमुख कारागारका प्रमुख गिरबहादुर सेजुवालले एउटा ब्लकमा बसेका कुल एक सय ७९ कैदी बन्दी मध्य एक सय २४ जना जेल तोडेर भागेपनि थप ५५ जना भने आँफुहरु नजाने भन्दै कारागार भित्रै बसेका थिए ।


काठमाडौंमा नख्खु कारागार बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामेछाने जेलबाट निकालेर लगिएपछि तुलसीपुर कारगारका कैदीहरुले पनि जेल तोडेर भागेका थिए ।

प्रकाशित मिति : २०८२ भाद्र २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *