अर्घाखाँची, भदौं २४ । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यको निजी निवासमा आगजनी गरिएको छ ।
जेन–जी प्रदर्शनकारीहरुले मंगलबार बेलुका सन्धिखर्क नगरपालिका–१, हटारीमा रहेको आचार्यको निजी निवासमा तोडफोड र आगजनी गरेका हुन् ।
सुरक्षामकर्मी तैनाथ गरिएपनि सुरक्षा घेरा तोडेर उनिहरुले आगजनी गरेका छन् ।
यसका अलावा प्रदर्शनकारीहरुले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा, नेकपा समाजवादी पार्टीका पार्टी कार्यालयहरुमा तोडफोड र आगजनी गरेका छन् ।
यस्तै सन्धिखर्क नगरपालिका, जिल्ला समन्वय समिति, वडा नम्बर १, वडा नम्बर २ को कार्यालयमा पनि तोडफोड भएको छ ।
यस्तै केही सरकारी गाडीहरुमा पनि प्रदर्शनकारीहरुले क्षती पुर्याएका छन् ।
प्रकाशित मिति : २०८२ भाद्र २४ गते मङ्गलवार

