२०८३ भाद्र १२ गते शुक्रवार

लुम्बिनीका पूर्व मुख्यमन्त्री चौधरीसहित बिभिन्न नेताको घरमा आगजनी

तुलसीपुर, भदौ २४ । जेनजीको पर्दशन मंगलबार दाङमा उग्र देखिएको छ । उनीहरुले जिल्लास्थित प्रमुख राजनीतिक दलका पार्टी कार्यालयहरु तोडफोड गरेका छन् ।

लुम्बिनीका पूर्व मुख्यमन्त्री तथा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीका तुलसीपुर उपमहानगरपालिका – ६ डुर्मीगाउँस्थित दुई वटा घरमा पर्दशनकारीले आगजनी गरेका छन् ।

चौधरीका अनुसार उनको घरबाट मात्रै झन्डै .४० तोला सुनका गरगहना लुटपात भएका छन् । महत्वपूर्ण कागजात, किम्ती सामान सबै निकालेर आगजनी गरि दिएका छन् ।


नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीको तुलसीपुरस्थित घरमा ढुँगा मुडा गर्नुका साथै भित्र बाट सबै सरसामान निकालेर आगजनी गरि दिएका छन् । खाद्यान्न तथा लत्ता कपडासमेत निकालेर आगजनी गरि दिएका छन् ।

अर्का केन्द्रीय सदस्य गेहेन्द्र गिरीको घरमा ढुँगा मुडा प्रहार गर्नुको साथै ढोका तोडफोड गरि दिएका छन् भने घरको कम्पाउन्डमा पार्किङ गरि राखेको एउटा हायस गाडीमा आगजनी गरि दिएका छन् ।


नेकपा एमालेकी केन्द्रीय सदस्य कोमल वलीको तुलसीपुरस्थित घरमा तोडफोड भएको छ भने उनको रिसोर्टमा समेत पुगेर तोडफोड र आगजनी गरेका छन् ।
एमालेका नेता तथा पूर्व संघीय सांसद हिराचन्द्र केसीको घरमा पनि ढुँगा प्रहार गरि तोडफोड गरि दिएका छन् ।

त्यस्तै पर्दशनकारीले तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा प्रबेश गरि फर्निचरहरु निकालेर आगजनी गरेका छन् । उपमहानगरको पानी बोक्ने ट्याँकर अन्य केही सवारी साधन, कार्यालयका कागजात पनि आगजनी गरि दिएका छन् । नव निर्मित सात तले भवनमा ढुँगा प्रहार गरि लगभग सम्पूर्ण सिसाहरु फुटाइ दिएका छन् ।


उच्च अदालत तुलसीपुरमा प्रबेश गरि आधा दर्जन जति गाडीमा आगजनी गरेका छन् । अदालत भित्र पार्किङ गरि राखिएका गाडीहरुमा उत्तेजित भिडले आगजनी गरेका थिए । मातपोत कार्यालयमा प्रबेश गरि फर्निचर तथा अन्य कागजात निकालेर आगजनी गरेका छन् ।


तुलसीपुरस्थित साविक राप्ती अंचल राजश्व कार्यालयमा पनि प्रबेश गरि आगजनी गरेका छन् । त्यस्तै तुलसीपुरस्थित नेपाली काँग्रेसको क्षेत्रीय पार्टी कार्यालय, नेकपा एमालेको राप्ती अंचल पार्टी कार्यालय, घोराही उपमहानगरपालिकाका साथै जिल्लामा रहेका नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्रका पार्टी कार्यालयमा प्रबेश गरि तोडफोड र आगजनी गरेका छन् ।


घोराहीस्थित नेपाली काँग्रेसका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विपीको शालिकमा तोडफोड तथा आगजनी गरेका छन् ।


पर्दशन उग्र बनेपछि र स्थिति नियन्त्रण बाहिर पुगि सकेपछि मात्रै जिल्ला प्रशासन कार्यालयले बेलुकी ६ बजेदेखि लागु हुने गरि तुलसीपुर, घोराही, लमही र राप्ती गाउँपालिकामा अनिश्चित कालिन कफ्र्यू आदेश जारी गरेको छ ।

प्रकाशित मिति : २०८२ भाद्र २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *