२०८३ कार्तिक २१ गते शुक्रवार

तुलसीपुरमा कोमल वलीको घरमा तोडफोड

तुलसीपुर , भदौ २४ । नेकपा (एमाले)की नेतृ कोमल वलीको तुलसीपुरस्थित घरमा तोडफोड भएको छ ।

पर्दशनकारीले तुलसीपुर उपमहानगरपालिका – ५ बाहिनी चोकस्थित एमाले केन्द्रीय सदस्य वलीको घरमा ढुँगा मुडा गर्नुका साथै तोडफोडको प्रयास गरेका थिए ।

त्यस्तै उनीहरुले तुलसीपुरस्थित पूर्व संघीय सांसद हिराचन्द्र केसीको घरमा पनि ढुँगामुडा गरेका छन् ।


घोराही उपमहानगरपालिकाको कार्यालयमा पनि पर्दशनकारीले तोडफोड र आगजनी गरेका छन् । उनीहरुले घोराहीमा प्रमुख राजनीतिक दलका पार्टी कार्यालयहरुमा पनि तोडफोड गरेका छन् ।

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्रका जिल्ला पार्टी कार्यालयमा प्रबेश गरि तोडफोड गरेका छन् ।

प्रकाशित मिति : २०८२ भाद्र २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *