दाङ, भदौ २४ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मंगलबार पदबाट राजीनामा दिएका छन्न । सोमबार मात्रै नेपाली काँग्रेसका नेतासमेत रहेका गृमहन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका थिए ।
पदबाट राजीनामा दिएका अधिकारीपनि नेपाली काँग्रेसका नेता हुन । अधिकारीले जारी गरेको विज्ञप्तिमा नैतिक आधारमा पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।
जनजी पुस्ताले मंगलबार सामाजिक संजाल माथिको प्रतिबन्ध फुकुवा र भ्रष्टाचार अन्त्यको माग गर्दै गरेको पर्दशनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो ।
अधिकारीले बिज्ञप्ति मार्फत नेपाली कांग्रेसको लोकतान्त्रिक इतिहासप्रति गर्व गर्ने र कुनै सम्झौता नगर्ने सिपाहीको रूपमा रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पदबाट राजीनामा दिएका कृषि मन्त्री अधिकारीले शान्तिपूर्ण प्रदर्शनमाथि सरकारले दमन गरेपछि आफूले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको बताएका छन् ।
उनी असार २९ गते मन्त्री बनेका थिए ।
लोकतन्त्रमा जनताको जीवन र अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउनु गलत हुने उनले बताएका छन् ।