२०८२ कार्तिक २५ गते मङ्गलवार

यस्तो थियो, तुलसीपुरमा जेनजीको पर्दशन (तस्बिहरु)

तुलसीपुर, भदौ २३ । दाङका बिभिन्न सहरहरुमा पनि जेनजीहरुले पर्दशन गरेका छन् । दाङका प्रमुख सहरहरु तुलसीपुर, घोराही र लमहीमा पनि जेनजी पुस्ताले भ्रष्टचारको बिरोध र समाजिक संजालमाथि लगाएको प्रतिबन्ध फुकुवाको माग गर्दै पर्दशन गरेका हुन ।


जेनजी पुस्ता अर्थात १३ देखि २८ बर्ष उमेर समुहले तुलसीपुरमा पनि बिशाल पर्दशन गरे । विभिन्न स्कूल र कलेजका विद्यार्थी यूनिफर्मसहित पर्दशनमा सहभागी थिए । उनीहरुले तुलसीपुर बजारको परिकर्मा गरेका थिए ।


समाजिक संजाल माथिको प्रतिबन्ध फकुवाको नारा घन्काएका थिए । तर, त्यो भिडमा प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्धपनि चर्का नारा बाजी भएका थिए । ‘ केपी चोर देश छोर’ भन्ने जस्ता नाराहरु पर्दशनकारीले लगाएका थिए । पर्दशनका क्रममा वीरेन्द्र चोकमा सडक खण्डमै बसेर उनीहरुले नाराबाजी गर्दै पर्दशन गरेका थिए ।


पर्दशनमा सहभागी मध्य कतिपय बिद्यार्थीले नेताहरुले आफ्ना सन्तानको मात्रै भविश्य बनाएको र जनताको छोरा छोरीलाई खाडी जान बाध्य पारेको दोषारोपन गरेका थिए ।

त्यस्तै उनीहरुले एक जना निजी बिद्यालयमा पढाउने शिक्षकबाट पनि चर्कौ कर अशुल्ने गरिएको, हातमा सर्टिफिकेट भएपनि त्यो बेकामे बनेको हुँदा बिदेश पलायन हुन बाध्य भएको , बर्षौंदेखि तुलसीपुर – सल्यान सडक खण्ड जस्ताको त्यस्तै अर्थात यात्रा गर्नै नसकिने खाले अवस्थामा छोडिएको, मुलुकमा चरम भ्रष्टचार मौलाएको जस्ता कुराहरु गर्दै भ्रष्ट केपी ओली नेतृत्वको सरकारले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने बताएका थिए ।

स्वस्फुर्त रुपमा भएको भनिएको आन्दोलनमा बिभिन्न चलेका निजी बिद्यालय र कलेजका विद्यार्थीहरु सामेल थिए । पढाइमा अब्बल कतिपय बिद्यार्थीसमेत पढाइ छोडेर पर्दशनमा आएका देखिन्थे ।

यी बिद्यार्थीको आन्दोलनमा राप्ती बबइ क्याम्पसका विद्यार्थी संगठनका नाममा कहलिएका विद्यार्थी नेताहरुको पनि उपस्थिति देखिन्थ्यो ।
वीरेन्द्र चोकको पर्दशनको वातावरण शान्त पार्न सामुदायिक क्याम्पसका ती विद्यार्थी नेताहरुले भूमिका निर्वाह गरिरहेको देखिन्थ्यो । जस्मा नेपाल विद्यार्थी संघका साथै रास्वपा निकट विद्यार्थी नेताहरुको पनि सहभागिता देखिन्थ्यो । सोमबार दाङका प्रमुख तीन वटै सहरहरुमा आन्दोलन भने शान्तपूर्ण रुपमा सकिएको छ ।

प्रहरी प्रशासनका अनुसार बाँकेको नेपालगंजको आन्दोलन पनि शान्तिपूर्ण बित्यो । कोहलपुर क्षेत्रमा केही उछृङखल गतिबिधिहरु पर्दशनकारीहरुले देखाउन खोजेपनि प्रहरीले त्यो समयमै निस्तेज पारेको थियो । सोमबार सुर्खेतको आन्दोलनपनि शान्तिपूर्ण बन्यो ।

त्यस्तै कैलालीको आन्दोलनमा पनि शान्तिपूर्ण बित्यो । प्रहरीका अनुसार लुम्बिनीका साथै कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका प्रमुख सहरहरुमा जेनजी पुस्ताले आन्दोलन स्वरुप सडकमा असन्तुष्टि पोखेपनि प्रहरी प्रशासनको सावधानिका कारण कुनैपनि हिंसात्मक गतिबिधि भने हुन पाएन ।

दाङको तुलसीपुरमा भएको जेनजी पुस्ताको आन्दोलन नियाल्दा अधिकाँस विद्यार्थी यूनिफर्ममै आएका थिए ।

त्यसबारे बुझ्न खोज्दा कतिपय विद्यालयका संचालक तथा शिक्षकहरुले बिद्यार्थी टिकटक लगाएत सामाजिक संजालमा देखेको भ्रष्टचार तथा समाजिक संजालमाथि लगाइको प्रतिबन्ध बिरुद्धको आन्दोलनमा घरबाट विद्यालय जान भनेर हिडेपनि विद्यालय नगएरै पर्दशनमा पुगेको जानकारी दिए ।


तुलसीपुर उपमहानगरपालिका बाट संचालित ‘तुलसीपुर बुहप्राबिधिक मेट्«ो कलेज’का कानुन संकायमा अध्यनरत विद्यार्थीपनि यूनिफर्मसहित आन्दोलनमा शरिक थिए ।

त्यसबारे बुझ्दा कलेजका प्रमुख वशन्त आचार्यले अहिले परीक्षा चलिरहेको हुँदा पठन पाठन बन्द रहेको र विद्यार्थी कलेज प्रशासनलाई कुनैपनि जानकारी नदिइ आन्दोलनमा सहभागी भएको बताए ।

कानुन पढ्ने विद्यार्थीहरुले पनि प्रधानमन्त्री ओलीका विरुद्ध चर्कौ नाराबाजीका साथ बिरोध गरिरहेका थिए । अधिकाँस विद्यार्थीले देशमा भ्रष्टचार मौलाएको, मुलुकमा बसेर केही गर्ने अवस्था नरहेको , बिदेश पलायन हुनुपर्ने बाध्यता रहेको जस्ता आक्रोशहरु सडकमा पोखेका थिए ।


आँधिहुरीको उमेर समुहका जेनजी पुस्ता यस्तै कारणहरु देखाउँदै पर्दशनमा उत्रिदा लुम्बिनी, कर्णाली र सुदुर पश्चिमका प्रमुख सहरहरुमा दिउँसो केही बेर यातायातका साधन संचालन ठप्प प्राय बनेको देखिन्थ्यो । तर, त्यो भिडलाई सही दिशा दिने र लिडगर्ने परिपक्व ब्यक्तिहरुको उपस्थिति भने त्यहाँ देखिदैन थियो ।

जेनजी पुस्ताले भनेझैं पुरानै पार्टीका विद्यार्थी संगठनका विद्यार्थी नेताहरु र केही रास्वपा निकट विद्यार्थी नेताहरु अग्रपंत्तिमा देखिएका थिए । प्रधानमन्त्री केपी ओली विरुद्ध चर्कौ नाराबाजी चलि रहँदा कतिपय पर्दशनकारीहरुले भने आँफु नेकपा एमाले निकट भएको भन्दै त्यसको बिरोध गर्न खोजेका थिए । तर, भिडबाट आउने आवाजले उनीहरुको आवाज मन्थर बन्ने गरेको देखिन्थ्यो ।


भ्रष्टारको अन्त्य, सामाजिक संजाल माथिको प्रतिबन्ध फिर्ता लगाएका माग राखेर मुलुका बिभिन्न सहरहरुमा स्वस्फूर्त रुपमा भएका आन्दोलनहरु मध्य संघीय राजधानी काठमाडौंमा पर्दशन उग्र बनेको भन्दै त्यो रोक्न प्रहरी प्रशासनले चलाएको गोली लागेर सोमबार दिउँसो चार बजेसम्म जेन्जी पुस्ताका १३ जनाको ज्यान गएको छ ।

अब भोलिका दिनहरुमा जेनजी पुस्तको आन्दोलन देशभर कुन रुपमा अगाडि बढ्छ त्यो भने भन्न मुस्लिक छ ।

प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *