२०८३ असोज २४ गते शनिवार

काठमाडौंमा पर्दशनमा उत्रिएका १३ जनाको जेनजी पुस्ताको प्रहरीको गोली लागेर मृत्यु

दाङ, भदौ २३ । काठमाडौंको प्रदर्शनमा उत्रिएका जेनजी पुस्ता माथि प्रहरीले चलाएको गोली लागेर सोमबार दिउँसो चार बजेसम्म १३ जनाको मृत्यु भएको छ ।

उनीहरुको आन्दोलन उर्ग बनेपछि सुरक्षाकर्मीले चलाएको गोली लागेका मध्य १३ जनाको मृत्यु भएको बिभिन्न अस्पताल प्रशासनहरुले जानकारी दिएका छन् ।

काठमाडौंको एभरेस्ट अस्पतालमा तीन जनाको मृत्यु भए संगै मृतको संख्या १३ पुगेको हो । सोमबार दिउँसो बानेश्वरमा भएको जेनजी पुस्ताको आन्दोलनमा परी घाइते भएका तीन जनाको एभरेष्ट अस्पतालमा मृत्यु भएको थियो ।

त्यसअघि काठमाडौंको ट्रमा सेन्टरमा उपचारका क्रममा ६ जनाको मृत्यु भएको थियो । त्यो भन्दा पहिले दुई जनाको सिभिल अस्पताल मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको थियो ।


यो खबर तयार पार्दासम्म मृतक कसैको पहिचान खुलेको छैन ।
अस्पताल स्रोतका अनुसार एभरेष्ट अस्पताल, ट्रमा सेन्टर र सिभिल अस्पतालमा अझैं दर्जन बढी घाइतेहरू उपचाररत छन् ।

सोमबार दिउँसो ९ बजेदेखि सुरू भएको जेनजीको आन्दोलन उग्र बनेको थियो । प्रहरीले अश्रुग्यास, पानीको फोहरा पछि गोली समेत प्रहार गरेको थियो । प्रहरीको गोली लागेर दर्जनौं घाइते भएका छन् ।

काठमाडौं प्रशासनले बिभिन्न क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको छ।


प्रशासनले वानेश्वर क्षेत्र क्षेत्र आसपास साथै सिंहदरबार क्षेत्र, राष्ट्रपति कार्यालय शीतलनिवास, उपराष्ट्रपति कार्यालय, नारायणहिटी क्षेत्रमा पनि कफ्र्यू आदेश जारी गरेको छ ।

त्यस्तै पोखरामा पनि आन्दोलन उग्र बनेपछि कफ्र्यू आदेश जारी गरिएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *