२०८३ असार ३ गते बुधवार

सल्यानका पत्रकार नोखिराम थापामाथि होटेलमा कुटपिट

दाङ, भदौ २३ । सल्यानका पत्रकार नोखिराम थापामाथि कुटपिट भएको छ । दार्मा गाउँपालिका – ६ का पत्रकार थापा माथि आइतबार राति शारदा नगरपालिका–१ श्रीनगरस्थित ‘करुवा रेष्टुँरामा’ कुटपिट भएको हो ।


कुटपिट बाट पत्रकार थापाको देब्रेगाला तथा अनुहार र टाउकोमा चोट पटक छ । पत्रकार थापाले शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीका भाइ प्रमोद भण्डारी र शारदा नगरपालिका–६ का वडाध्यक्ष भिकराज बुढाथोकीको समुहले आँफुमाथि कुटपिट गरेको बताएका छन् ।


साथीहरु संगै मेला हेरि फर्किँदै गर्दा रेष्टुँरामा खाजा तथा खाना खान पुगेको बेलाएमा अचानक प्रमोद भण्डारीको समूहले आक्रमण गरेको पीडित पत्रकार थापाले बताएका छन् ।

श्रीनगरमा निर्मित नयाँ बसपार्क उद्घाटन नहुँदै चर्किएको बिषयमा सामाजिक संजाल युटुवमा पत्रकार थापाले भिडियो सामाग्री राखेका थिए ।

सोही समाचार लेखेको बिषयमा रिसीबी साँधेर आँफुमाथि अनाहकमा आक्रमण तथा कुटपिट भएको भन्दै दोषीमाथि कारबाही हुनुपर्ने माग पीडित पत्रकार थापाको छ । थापाको उपचार श्रीनगरको मेट्रो अस्पतालमा भइरहेको छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी डा. हेमराज खत्रीले भने पत्रकार थापालाई दिपेन्द्र बिष्ट संग गएका अन्य युवाहरुले कुटपिट गरेको भन्ने खुलेको बताए ।

पत्रकार थापा माथि कुटपिट भइ सकेपछि दिपेन्द्र बिष्टले उल्टै इलाका प्रहरी कार्यालय श्रीनगरमा पुगेर तत्कालै पत्रकार थापा बिरुद्ध गाली बेइज्जती गरेको भन्दै निबेदन दिएका थिए । त्यसपछि राति नै प्रहरीले पत्रकार थापालाई नियन्त्रणमा लिएको थियो ।


बिष्टले पत्रकार थापाले आँफुलाई आमा चकारी गाली गरेको भनेर निबेदन दिएपछि प्रहरीले थापालाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले नियन्त्रणमा लिएको अवस्थामा राति साढे दश बजेतिर पत्रकार थापाले नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतलाई फोन सम्पर्र्क गरि आँफुलाई प्रहरीले थुनेको हुँदा छुटाउनका लागि आग्रह गरेका थिए । त्यसपछि अध्यक्ष रावत राति नै इप्रका श्रीनगरमा पुगेका थिए ।


अध्यक्ष रावतले पीडित पत्रकार थापाको तर्फबाट प्रहरीमा कुटपिटमा संलग्न ब्यक्तिका बिरुद्ध निबेदन दिएका थिए । डिएसपी खत्रीका अनुसार पत्रकार थापाको स्वास्थ्य चेकजाँच गराउँदा मदिरा सेवन गरेको पुष्टि भएको छ ।


दुई समुह बीचको बिबाद र सामान्ने कुटाकुट भएको भन्दै प्रहरीले कसैलाई नियन्त्रणमा लिन आवश्यक नदेखिएको बताएको छ ।


महासंघका अध्यक्ष रावत र पीडित पत्रकार थापाले भने दोषीमाथि कारबाहीको माग गर्दै आएका छन् ।

प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *