२०८३ असार ३ गते बुधवार

लमहीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

तुलसीपुर, भदौ २२ ।लमहीमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

लमही नगरपालिका– १ सुनडबरीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्री स्थानीय ६० वर्षीय गर्भु चौधरी गम्भीर घाइते भएका थिए ।

उनको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

साइकल यात्री चौधरीलाई सुनडबरीमा रा.७ प ८७६३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकल चालकलाई प्रहरी नियन्त्रणमा छन् ।
दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *