२०८३ कार्तिक १२ गते बुधवार

सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, तोलामा २ लाख १२ हजार पुग्यो

काठमाडौं,भदौ २२ । आइतबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । सुनको मूल्य तोलामा २ लाख १२ हजार रुपैयाँ प्रतितोला पुगेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आइतबार १६ सय रुपैयाँले बढेको छ ।

महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । शुक्रबार २ हजार ४९० रुपैयाँ रहेको चाँदी आइतबार बढेर २ हजार ५०० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *