२०८३ असोज २४ गते शनिवार

पक्राउ परिन ‘नक्कली बेहुली’

दाङ, भदौ २० । नक्कली बिहे गरि ठगी गरेको आरोपमा सुर्खेत प्रहरीले नक्कली बेहुलाई शुक्रबार बिहान पक्राउ गरेको छ ।

यसअघि नक्कली बिहे गराउन भूमिका खेलेको भन्दै नक्कली बुवा आमाको भूमिका निर्वाह गर्ने सदाशंकर होटेलका सञ्चालकका दम्पत्ति पक्राउ परेका थिए ।

दैलेख साबिक साढु गाविस – ३ घर भइ हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – १० मा सदाशंकर होटेल सञ्चालन गर्दै आएका ४० बर्षीय गोपालकुमार विक र उनकी श्रीमति ३८ बर्षीया भविसरा रास्कोटी मगर पक्राउ परेका थिए । बिक दम्पत्ति भदौ १७ गते पक्राउ परेका थिए ।

बिक र मगर मिलेर सामाजिक संजाल फेलबुक लगाएत माध्यबाट बिभिन्न ब्यक्तिहरु संग बिहेको कुरा गर्थे । बिहेको निक्र्यौल भएपछि उनीहरु नक्कली आमा – बुवा बन्थे । नक्कली दुलहीका रुपमा काम गर्ने कर्मचारीलाई छोरी बनाउँथे ।

विहे पछि विहे बेहुलीले नगद तथा गरगहना लगि वेपत्ता हुन्थिन । ठगीको अनौंठो स्वरुप बारे उजुरी परेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।

अनुसन्धान पछि फरक फरक मितीमा विभिन्न पुरुष व्यक्ति संग एउटै महिलाले बिहे गरेको खुल्न आएको सुर्खेतका प्रहरी प्रबक्ता डिएसपी मोहनजंग बुढथापाले बताए ।

‘ फरक फरक मितीमा एउटै महिलाको बिभिन्न ब्यक्तिहरु संग बिहे गरेको खुल्छ,’ बुढथापाले भने ‘ त्यसरी विहे गरी वा गराइ ठगी गरेको तथ्थ अनुसन्धानबाट खुल्यो ।’

पीडितले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरी पछि ठगी गर्ने मध्यका दुई जनालाई पक्राउ गरिएको हो ।

पक्राउ परेका व्यक्तिहरुलाई अपराधिक लाभ तथा ठगी कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइ रहेकको प्रहरीले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस :-http://नक्कली बिहे गराएको आरोपमा दम्पत्ति पक्राउ

प्रकाशित मिति : २०८२ भाद्र २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *