२०८३ असार ३ गते बुधवार

विद्यार्थीका बीचमा फुटवल खेल्दा सामान्ने बिबाद दुई युवकमाथि खुकुरी प्रहार

६ जना पक्राउ

तुलसीपुर , भदौ १९ । तुलसीपुरमा फुटवल खेल्ने क्रममा भएको बिबाद पछि दुई युवक माथि खुकुरी प्रहार भएको छ ।

तुलसीपुर उपमहानगरपालिका – ५ वसपार्कका २१ बर्षीय आयुष बिक र १९ बर्षीय प्रवेश योगी खुकुरी प्रहार बाट घाइते भएका छन् ।


बिकको टाउको र ढाडमा घाउ खत लागेको छ भने उनको मध्यम छ । बिकलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि थप उपाचारका लागि संजिवनी कलेज अफ मेडिकल साइन्सेस नेपालगंज बाँकेका लागि रिफर गरिएको थियो ।

त्यस्तै योगीको बाँया हातमा चोट छ । उनलाई पनि तुलसीपुरको उपचार पछि थप थप उपाचारका लागि संजिवनी कलेज ।नेपालगंज रिफर गरिएको थियो ।

यी दुबै विद्यार्थी हुन । प्रहरी स्रोतका अनुसार उनीहरु सेन्टर मावि तुलसीपुरमा अध्यनरत छन् ।

तुलसीपुर उपमहानगरपालिका – ६ स्याउली बजारस्थित बिष्णु नास्ता पसल नजिकै तुलसीपुर – ६ गोलौराका २० बर्षीय बसन्त बिकसहितका ६ जना ब्यक्तिहरुले अचानक उनीहरु माथि खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहार घटनामा संलग्न मध्य फरारहरुलाई तुलसीपुर – ४ रक्षाचौरका बाट तुलसीपुर – ६ गोलौराका १८ बर्षीय जिवन विक, तुलसीपुर – ५ बसपार्कका १८ बर्षीय राजेश परियार, १९ बर्षीय नविन राना, सोही ठाउँका १८ बर्षीय बसन्त परियार र १८ बर्षीय नवीन सुनारलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले बताए ।


पक्राउ परेकाहरु माथि आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।


फुटवल खेल्न गएका एकै विद्यार्थीका बीचमा आपसमा बिबाद भएपछि उनीहरुले आ–आफ्ना साथीहरु बोलाएपछि खुकुरी प्रहारको घटना भएको प्रहरी बताउँछ ।

प्रकाशित मिति : २०८२ भाद्र १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *