२०८२ कार्तिक २१ गते शुक्रवार

यि सात बाहेक अन्य सबै सामाजिक सञ्जाल बन्द हुने

दाङ, भदौ १९ । सरकारले सात वटा बाहेक अन्य सबै सामाजिक सञ्जालहरू निष्क्रिय गर्ने निर्णय गरेको छ।


यूटुव, फेसबुक जस्ता विश्वभर चर्चित सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णय सरकारले गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता भएका भाइबर, टिकटक, निम्बज, वि–टक र पोपोलाइभ भने सञ्चालनमा रहने छन् । त्यस्तै, टेलिग्राम र ग्लोबल डायरीपनि सूचीकरणको प्रक्रियामा छन् ।

यि सात बाहेक अन्य सबै सामाजिक सञ्जाल नेपालमा बन्द हुने भएका छन् । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई यि सात बाहेक अन्य सबै सामाजिक सञ्जाल निष्क्रिय पार्न निर्देशन दिइसकेको छ।

सरकारले नेपालमा सूचीकरण हुन आउनका लागि विशेषगरी दुई वटा सामाजिक सञ्जाललाई मात्रै पत्राचार गरेको थियो।

फेसबुकको माउ कम्पनी मेटा र एक्स (पहिले ट्विटर) लाई सूचीकरण हुन आउन पटक– पटक पत्राचार गरेको थियो।
सरकारको आग्रह बेवास्ता गरेको हुँदा सूचिकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय सरकारले गरेको हो।


सरकारले सामाजिक सञ्जाल टेलिग्राममार्फत ठगी जस्ता आपराधिक घटना बढेको भन्दै साउन २ गते बन्द गर्ने निर्णय गरेको थियो। त्यसपछि टेलिग्रामका प्रतिनिधि दुबईबाट नेपाल आएर सूचीकरण हुनुका लागि प्रक्रियामा गएको थियो ।

सर्वौच्च अदालतले पनि त्यस्ता सामाजिक सञ्जालहरुलाई निर्देशनात्मक आदेशमा सधिकार निकायमा सूचीकरण गर्नू वा दर्ता गर्नू भनेको थियो ।

प्रकाशित मिति : २०८२ भाद्र १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *