२०८३ साउन १४ गते बिहिवार

सुनको मूल्यले तोड्यो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

दाङ,भदौ १६ । नेपाली बजारमा सुनको मूल्यले निरन्तर कीर्तिमान कायम गरिरहेको छ।

आइतबार स्थानीय बजारमा प्रतितोला दुई लाख तीन हजार ६०० मा किनबेच भएर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य सोमबार तोलामा एक हजार सात सय बढेको छ।

आज सुन प्रतितोला दुई लाख पाँच हजार तीन सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार ४७० पुगेको छ।

आइतबार चाँदी प्रतितोला दुई हजार ४२५ मा खरिदबिक्री भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस अमेरिकी डलर तीन हजार चार सय ८० हाराहारीमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०८२ भाद्र १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *