२०८३ भाद्र १० गते बुधवार

खोलामा स्टार्ट बन्द भएको भ्यान बाढीले बगायो

तुलसीपुर, भदौ १५ । तुलसीपुर उपमहानगरपालिका – ७ बेचनी खोलाले एउटा गाडी बगाएको छ ।


तुलसीपुर बाट किराना सामान बोकेर पर्सेनी बाट खाद्रे (भित्री सडक खण्ड) तर्फ जादै गरेको ग १ च १७१४ नम्बर मारुती भ्यान बेचनी खोलामा आएको बाढीले आइबार दिउँसो १ बजेतिर बगाएको थियो । गाडी आरबी इन्टर प्राइजेज तुलसीपुरको हो ।


तुलसीपुर – ६ का चालक ४६ बर्षीय रामकुमार रेग्मीका अनुसार खोलामा गाडीको स्टार्ट एकाएक बन्द हुन पुगेको थियो । त्यही समयमा एक्कासी खोलामा बाढी आएको थियो ।

खोलामा आएको बाढीले भ्यानलाई १० मिटर जति तल बगाएर लगेको थियो ।

बगाउनु भन्दा पहिलै चालक झरि सकेको हुँदा कुनैपनि मानविय क्षति भने हुन नपाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोद खत्रीले बताए ।

प्रकाशित मिति : २०८२ भाद्र १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *