दाङ , भदौ ८ । दाङमा टिपरले मोटरसाइकल ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् ।
घाइते मध्य मोटरसाइकलको पछाडि सवार सवार प्यूठानको ऐरावती गाउँपालिका–५ का १९ वर्षे सुशिल थापाको उपचारका क्रममा मृत्यु भएको छ । घाइते सुशिल थापाको भालुबाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
मोटरसाइकल चालक २२ वर्षे प्रचण्ड थापा घाइते छन् ।
थापालाई भालुबाङ अस्पतालमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए।
गढवा गाउँपालिका–१, धोद्रे पुल नजिक आइतारबार बिहान ६ बजेरित चन्द्रौटादेखि पश्चिम तर्फ जाँदै गरेको ना८ख ८२५९ नम्बरको टिपरले प्यूठानबाट चन्द्रौटा तर्फ जाँदै गरेको लु ३९ प ८३९० नम्बरको मोटरसाइकल ठक्कर दिएको थियो ।
मृतकको शव परीक्षणका लागि लमही अस्पताल पठाइएको छ ।
टिपर चालक प्रहरीले नियन्त्रणमा छन् ।
