२०८२ कार्तिक २२ गते शनिवार

सल्यानका युवराज थापा ८६ लाख ब्लडमनी बुझाएर घर फर्किए


दाङ, भदौ ५ । सल्यानको त्रिवेणी गाउँपालिका – ६ का ३५ बर्षीय युवराज थापा दुबई बाट ब्लडमनी बाफतको झन्डै ८६ लाख रुपैयाँ क्षतिपूर्ति बुझाएर घर फर्किन सफल भएका छन् ।

युवराज वैदेशिक रोजगारीका लागि २०७९ सालमा दुबई पुगेका थिए । त्यहाँको एक स्विमिङ पुलमा सुरक्षा गार्डको रुपमा काम गर्ने क्रममा सन २०२३ मा कङ्गोका एक जना नागरिकको हृदयाघातका कारण मृत्यु भएको थियो ।
त्यो घटना पछि युवराजका बिरुद्ध ती ब्यक्तिका परिवारले मुद्दा दायर गरेका थिए ।

जस्मा दुबईको अदालतले युवराजलाई दोषी ठहर गर्दै मृतकका हकवालालाई ब्लडमनीमार्फत झन्डै ८६ लाख रुपैयाँ क्षतिपूर्ति बुझाउनुपर्ने फैसला सुनाएको थियो ।


युवराजको घर परिवारको आर्थिक स्थिति कमजोर थियो । त्यतिधेरै रकमको जोहो गर्न सक्ने अवस्था थिएन ।


त्यही भएर युवराजको जीवन रक्षाको लागि उनकी श्रीमति अञ्जना केसी थापा, बुवा मानबादुर थापा लगाएत घर परिवारले देश बिदेशमा रहने सबै नेपालीलाई सहयोगको लागि याचना गरेका थिए । उनीहरुको आग्रह सुनेर नेपालीले स्वच्छिक सहयोग सुरु गरेका थिए ।


देश बिदेशमा रहेका नेपालीले यो बीचमा ८१ लख आर्थिक साहेता प्रदान गरेका थिए । त्यो बाहेक थप केही रकम घर परिवारले जोहो गरि कुल ८६ लाख खर्च गरि बलिडमनी बाफतको पैंशा अदालतमा बुझाएपछि युवराज सकशुल घर आउन संभव भएको हो ।


युवराजको जीवन रक्षाको लागि त्रिवेणी गाउँपालिकादेखि विभिन्न सञ्चारमाध्यमले सहयोगका लागि आग्रह गरेका थिए । त्यसपछि विभिन्न ठाउँबाट उनलाई सहयोग रकम जुट्न थालेको थियो ।

प्रकाशित मिति : २०८२ भाद्र ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *