दाङ, भदौ ३ । रुकुम पूर्वमा ओडारमा लुकाएर राखेका चार नाल भरुवा बन्दुक फेला परेका छन् ।
जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका – १३ को रानीवनको ओडारमा लुकाएर राखेको अवस्थामा चार नाल भरुवा बन्दुक बरामद भएका हुन ।
इलाका प्रहरी कार्यालय तकसेराबाट गस्तिमा गएको प्रहरीले टोलीले ती भरुवा बन्दुक फेला पारेको थियो ।
बन्दुक फेला परेको बारे अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ भाद्र ३ गते मङ्गलवार

