२०८३ भाद्र ९ गते मङ्गलवार

नेपालगञ्जमा एक महिलाको हत्या


नेपालगञ्ज, असार २६ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका २ घरबारीटोलकी एक महिलाको हत्या भएको छ । ३६ वर्षीया ललिताकुमारी लोधको उनकै श्रीमान् शिवकुमारले कुटपिट गरी हत्या गरेको छोरा अमन लोधले जानकारी दिए । विद्यालय गएका छोराले घरमा आमालाई नदेखेपछि खोज्दा गर्दा मृतकको शव ड्रममा राखिएको अवस्थामा भेटिएको थियो ।

मृतक ललिताको अनुहार, टाउको र शरिरका विभिन्न भागमा चोट लागेको अवस्थामा शव फेला परेको जानकारी दिइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी बीरबहादुर ओलीले घटनावारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् । मृतकका श्रीमान शिवकुमारसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको एसपी ओलीले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ असार २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *