२०८२ कार्तिक २२ गते शनिवार

पदबाट हटे घोराही – ८ का वडाध्यक्ष शाह

दाङ,भदौ २ । घोराही उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष जितेन्द्र बहादुर शाह अध्यक्ष पदबाट हटेका छन्।

घोराही उपमहानगरपालिकाको आज घोराहीमा बसेको कार्यपालिका बैठकले अध्यक्ष शाहले दिएको राजीनामा स्वीकृत गरेसँगै उनी पदबाट हटेका हुन्।

गत २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा शाह नेकपा एमाले पार्टीको तर्फबाट अध्यक्षमा विजयी भएका थिए।

अध्यक्ष शाहले पटक–पटक जनताको काम गर्न नसकेको भन्दै नगरप्रमुख नरुलाल चौधरी समक्ष केही महिना अघि नै राजीनामा बुझाएका थिए।

उनको ठाउँमा वडा सदस्य चुडामणि चौधरीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिए ।

अध्यक्ष शाहले यसअघि पनि धेरै पटक विज्ञप्ति मार्फत नेकपा (एमाले) मा नरहेको जानकारी गराउँदै आएका थिए।

पछिल्लो समय शाह विभिन्न सामाजिक काममा सक्रिय हुँदै आएका थिए।

प्रकाशित मिति : २०८२ भाद्र २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *