दाङ, भदौ १ । जंगली च्याउ खाइ बिरामी परेका मध्य उपचारका क्रममा श्रीमतिको मृत्यु भएको छ भने श्रीमानको पनि उपचार जारी छ ।
रोल्पाको परिवर्तन गाउँपालिका – २ राङसीकी ७४ बर्षीया निर्मला वलीको उपचारका क्रममा दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
निर्मलाका श्रीमान ८१ बर्षीय भागिराम वलीको पनि घोराहीस्थित प्रतिष्ठानमै उपचार भइ रहेको प्रहरीले जानकारी दिएको छ ।
२७ गते बेलुका जंगलबाट ल्याएको च्याउ उनीहरुले खाएका थिए । त्यसपछि उनीहरुमा स्वास्थ्य समस्या देखिएको थियो । सुरुमा उनीहरु स्थानिय मेडिकलमा उपचार गराउन भनेर गएका थिए ।
त्यहाँ बाट साउन २९ गते थप उपचारका लागि दाङको घोराहीस्थित प्रतिष्ठानमा उपचारका लागि आएका थिए ।
गम्भीर बिरामी अवस्थाको निर्मलाको त्यहीे उपचारका क्रममा शनिबार बिहान पौने ५ बजेतिर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
शब पोष्टमार्टमका लागि घोराहीमै राखिएको पनि प्रहरीले बताएको छ ।

