२०८२ कार्तिक २५ गते मङ्गलवार

बाँकेमा लागुऔषध बिरुद्धको कारबाही तीब्र , कारोबारी समाप्न गोली प्रहार

दाङ, साउन ३० । बाँके प्रहरीले आगुऔषध बिरुद्धको कारबाही तीब्र पारेको छ । बाँके प्रहरीले दुई दिनको अवधिमा ६ जना कारोबारी पक्राउ गर्न सफल भएको छ ।

उनीहरुको साथबाट तीन सय ग्राम भन्दा बढी ब्राउन सुगर बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

नेपालगंजबाट प्रहरी शुक्रबार फेरि ब्राउन सुगरसहित मानिस पक्राउ गरेको छ । बिहान मात्रै प्रहरीले गोली चलाएर चार जनालाई नियन्त्रणमा लिएको थियो ।


नेपालगंज उपमहानगरपालिका– ११ त्रिभुवन चोक नजिकबाट सोही ठाउँ बस्ने ४४ बर्षीय रसुल अहमद कबाडिया पक्राउ परेका हुन ।

उनको साथबाट ९८ ग्राम ८६० मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी दिपक पातलीले बताए ।

वडा प्रहरी कार्यालय नपालगंज बाँकेबाट प्रबरिष्ठ नायव निरीक्षक अमरबहादुर रावत र अस्थायी प्रहरी पोष्ट नगर भवन बाँकेबाट प्रहरी सहायक निरीक्षक सुनिल शाहीको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले शंकाष्पद अवस्थामा हिडिरहेको देखेपछि कबडियाको खान तलासी गरेको थियो ।

शुक्रबार बिहान मात्रै नेपालगंज – ४ बसपार्क क्षेत्रबाट लागुऔषद नियन्त्रण ब्यूरो नेपालगंजबाट प्रहरी सहायक निरीक्षक नबिनकुमार शाही र अष्थायी प्रहरी पोष्ट बसपार्क नेपालगंजबाट प्रहरी नायव निरीक्षक बिष्णु शाहीको कमाण्डमा खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा नेपालगंज – ५ फुल्टेक्राका २५ बर्षीय फैजान अन्सारी र २२ बर्षीय मोहम्द अफाक शाहा थिए ।


पक्राउ परेका मध्य अन्सारीको साथबाट ५० ग्राम २४० मिलीग्राम ब्राउन सुगर बरामद भएको थियो ।


उनीहरु पक्राउ परेपछि सुराकाका आधारमा पच्छयाउँदै गएको प्रहरीले गोली चलाएर बसपार्क पछाडि बाट थप दुई जना भारतिय नागरिकलाई नियन्त्रणमा लिएको थियो ।


लागुऔषध कारोबारमा संलग्न भारत बहराइच जिल्ला रुपैडियाका २० बर्षीय कार्तिक कुम्हारको दाँया खुट्टाको पिडुलामा गोली लागेको डिएसी पातलीले बताए ।

घाइतेको संजिबनी कलेज अफ मेडिकल साइन्सेज प्रालि नेपालगंजमा उपचार जारी छ । घाइतेको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

उनी संगै भारत रुपैडियाका २० बर्षीय अजय कुम्हारपनि पक्राउ परेका छन् । उनीहरुको साथबाट १११ ग्राम ब्राउन सुगर बरामद भएको डिएसपी पातलीले जानकारी दिए ।

डिएसपी पातलीका अनुसार उनीहरुले नबिनकुमार शाही माथि आक्रमण गरेपछि प्रहरीले प्रतिकारका लागि टाइप ५४ चाइनिज पेस्तोलबाट १ राउण्ड गोली प्रहार गरेको थियो । घाइते शाहीको अवस्था भने सामान्ने रहेको छ ।

बिहीबार मात्रै नेपालगंज – ३ एकलाइनी प्रहरी सहायक निरीक्षक सुनिल शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले दाङ तुलसीपुर उपमहानगरपालिका – ६ का २८ बर्षीय बिराज भनिने विरबहादुर बिकलाई ४७ ग्राम ७१० मिली ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *