दाङ, साउन ३० । रोल्पाको थवाङमा एक महिला माथि बलात्कार गरेको आरोपमा एक जना ब्यक्ति पक्राउ परेका छन् ।
थवाङ गाउँपालिका – २ दहवाङका ५२ बर्षीय धुते रोका स्थानीय ६२ बर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन ।
साउन २३ गते राति साढे ९ बजेतिर घरमा कोही नभएको मौका छोपी घर्तीले आँफुमाथि बलात्कार गरेको पीडितले साउन २८ गते जाहेरी दिएकी थिइन ।
इलाका प्रहरी कार्यालय होलेरीमा पुगेर घर्तीका बिरुद्ध किटानी जाहेरी दिएपछि प्रहरी निरीक्षक बिदुरचन्द्र अधिकारीको नेतृत्वमा खटिएको ६ जनाको टोलीले आरोपी घर्तीलाई पक्राउ गरेको थियो । घर्तीलाई इप्रका होलेरीमा राखिएको छ ।
आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रवार
