२०८३ असार २८ गते आइतवार

कुटपिटबाट घाइते भएका अर्गालीको मृत्यु


पाल्पा,साउन २७ । पाल्पामा कुछपिटबाट घाईते भएका एकजनाको मृत्यु भएको छ ।

पाल्पा रिब्दीकोट-७ पालुङ मैनादीका ४० वर्षिय राम बहादुर अर्गालीको मृत्यु भएको हो ।

गत सनिवार सामान्य विवाद हुँदा भपिन्द्र बहादुर खाम्चाको कुटपिटबाट घाईते भएका अर्गालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कुटपिटबाट घाइते भएका अर्गालीको तत्काल युनाईटेड मिसन अस्पताल पाल्पामा उपचार गराई सोही दिन घर फर्केकोमा सोमबार आफ्नै घरमै मृत्यु भएको पाल्पा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिए ।

घटनाको सूचना पाए लगत्तै इलाका प्रहरी कार्यालय मुझुङ पाल्पाबाट खटिएको टोलीले प्रारम्भिक अनुसन्धान कार्य पश्चात मृतक अर्गालीको शव पोष्टमार्टमको लागी प्रादेशिक अस्पताल बुटवल पठाईएको तथा कुटपिट गर्ने भपिन्द्र बहादुर खाम्चालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पाल्पामा ल्याई थप अनुसन्धान कार्य भईरहेको प्रहरी निरीक्षक प्रधानले बताए ।

प्रकाशित मिति : २०८२ साउन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *