२०८२ कार्तिक २२ गते शनिवार

हेमन्तकुमार योगीसहित काँग्रेसका ६ नेताको कारबाही फुकुवा

तुलसीपुर, साउन २६ । नेपाली काँग्रेसको केन्द्रीय अनुसाशन समितिले पश्चिम दाङका ६ नेताको कारबाही फुकुवा गरेको छ ।


शान्तिनगर गाउँपालिका – ५ का हेमन्तकुमार योगी, शान्तिनगर – २ का तारा वली, शान्तिनगर – ५ का निमबहादुर बस्नेत, दंगीशरण गाउँपालिका – ६ का बालाराम डाँगी, दंगीशरण – ५ का सुनिल न्यौंपाने र तुलसीपुर उपमहानगरपालिका – ३ का मोहन गुरुङ माथिको अनुसाशनको कारबाही फुकुवा भएको हो ।


केन्द्रीय अनुसाशन समितिका संयोजक आनन्दप्रशाद ढुँगानाले साउन २२ गतेको मितीमा दाङ जिल्ला पार्टी सभाति शंकरप्रशाद डाँगीलाई पत्राचार गर्दै ६ नेता माथि कारबाही फुकुवा गरिएको उल्लेख गरेका छन् ।

यि छ नेताहरु माथि पार्टीको अनुसाशन उलंघन गरेको भन्दै पाँच बर्षका लागि अनुसाशन समितिले यसअघि पार्टी बाटै निस्कासित गरेको थियो । छ जना नेताहरुले पार्टीले तोकेको पाँच बर्षको अवधि पुरा गरि गत असार १० गते पार्टी मै रहेर काम गर्ने प्रतिबद्धता ब्यक्त गरि केन्द्रीय अनुसाशन समितिमा निबेदन दिएका थिए ।


बिगतमा कारबाहीमा परेका र हाल आएर कारबाही फुकुवा गरिएका ६ जना सबै नेताहरु पार्टी भित्र संस्थापन पक्षधर मानिन्छन् । उनीहरु जिल्लामा पार्टी केन्द्रीय सदस्य गेहेन्द्र गिरी निकटका मानिन्छन् ।

नेता गिरीले पार्टी केन्द्रीय समितिको बैठकमा कारबाही फुकुवा बारे आवाज उठाउँदै आएका थिए ।

बिगतमा ती नेताहरु माथि पार्टीले समर्थन गरेका वा पार्टीका आधिकारी उम्मेदवार बिरुद्ध उभिए भन्ने उजुरी र आरोपका आधारमा अनुसाशनको कारबाही गरिएको थियो ।

प्रकाशित मिति : २०८२ साउन २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *