२०८२ कार्तिक २९ गते शनिवार

कारागार भित्र मानिसको ज्यान जाने गरि भएको झडपको कारण के थियो ?

दाङ , साउन २३ । कैलाली कारागारमा कैदीबन्दी बीच मध्यराति एक जनाको ज्यान जाने गरि भएको झडप कैदी बन्दी स्थान्तरणको बिषयलाई लिएको भएको खुलेको छ ।

कारागार भित्रका कैदी बन्दीका बीचमा आपसमा भएको झडपमा परि थप ४७ जना घाइते भएका छन् ।

झडपमा परि धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ । सूचना अधिकारी जोशीका अनुसार झडमा ज्यान गुमाएका ४० बर्षीय भरत चौधरी लागु औषध मुद्दामा झन्डै ६ महिना पहिला कारागार चलान भएका थिए ।

आक्रमणमा परि धनगडीका रबि चौधरी र गोदाबरीका आयुस भट्ट गम्भीर घाइते छन् । उनीहरुको सेती प्रादेशिक अस्पताल धनगडीमा आसियूमा राखेर उपचार भइ रहेको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले कारागार भित्रको झडपको कारण निश्चित भइ नसकेको भएपनि कैदी बन्दी स्थान्तरणको सवालमा आपसमा दुई ब्लकका कैदी बन्दीका बीचमा झडप भएको भन्ने कुरा बुझ्नमा आएको जानकारी दिए ।

कारागार भित्रको झडप पछि शनिबार बिहान प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा बसकोे सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकतत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।


सहायक प्रमुख जिल्ला अधिकारी जोशी नेतृत्वको छानविन समितिमा जिल्ला प्रहरी प्रबक्ता डिएिसपी राजकुमार सिंह, सशस्त्रका डिएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह सदस्य छन् भने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशी सदस्य सचिव रहेका छन् । छानविन समितिलाई दश दिन भित्र प्रतिबेदन बुझाउन समय प्रदान गरिएको छ ।

प्रशासकीय अधिकृतसमेत जोशीले शनिबार दिउँसोदेखि कारागार भित्रको अवस्था शान्त रहेको बताए । तर, यताका मान्छे अर्कौ ब्लकमा जान नपाउन र थप झडपहरु हुन नपावस भनेर कैदी बन्दीले भित्र आँफैले ताला लगाएको उनले बताए ।

जस्ले गर्दा प्रहरी प्रशासनका मानिसहरु भित्र प्रबेश गर्न भने सकेका छैनन् । भित्र के कति क्षति भएको छ भन्ने एकीन भइ सकेको छैन ।


कैलालीका कारागार निमित्त प्रमुख रामकुमार चौधरीले कैदी बन्दीले नै भित्रबाट कारागारमा ताला बन्दी गरि बसेको बताए ।
‘ उनीहरु आँफै भित्रवाट लक गरि बसेका छन् ,’ उनले भने ‘ बाहिरबाट संझाइ बुझाइ गर्ने प्रयास जारी छ ।’


स्रोतका अनुसार जिल्ला कारागारको क्षमता जम्मा एक सय ५० जनाको मात्रै छ । तर, त्यहाँ भन्डै ७ गुना बढी अर्थात सात सयभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

कैलालीका प्रहरी प्रमुख एसपी बालनरसिंह राणाले कारागार भित्रको वातावरण शान्त भइ सकेको र आँफुहरु घाइतेको उपचारमा खटिएको बताए ।

‘कारागार भित्रकै दुई समुहका बिचमा आपसमा झडप भएको खुलेको छ,’ एसपी राणाले भने ‘ मध्य रातिको घटना भएको हुँदा झडपको कारण खुलिसकेको छैन ।’ जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजकुमार सिंहका अनुसार राति १ बजेतिर कैदी बन्दीका बीचमा आपसमा झडप भएको थियो ।

प्रकाशित मिति : २०८२ साउन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *