दाङ, साउन २३ । भारतको उत्तराखण्ड राज्यमा हालसालै गएको बिनासकारी बाढी पहिरोमा परि नेपालका २३ जना बेपत्ता भएका छन् ।
साउन २० मंगलरबार भारतको उत्तराखण्ड राज्यमा आरिघोप्टे वर्षा भएको थियो । जसका कारण उत्तरकाशी जिल्लाको धराली बजारमा बिनासकारी बाढीले बगाएको थियो ।
त्यसको दोस्रो दिन साउन २१ गते बुधबार पौडी गढवालमा ठूलो पहिरो झरेको थियो । यी दुवै घटनामा नेपालीहरू परेका थिए ।
प्राप्त पछिल्लो बिवरण अुनसार जाजरकोट जिल्लाका मात्रै १३ जना बेपत्ता भएका छन् । बर्दियाका ४ जना, धादिङका ४ जना, रोल्पा र जुम्लाका १ / १ जना बेपत्ता भएका छन् ।
उनीहरु सबै रोजगारीका लागि भारत पुगेका मजदुरहरु थिए ।
बेपत्ताहरुको बिवरण –
जाजरकोट कुशे गाउँपालिका– २ ढाडका ४२ बर्षीय कर्णबहादुर सिंह, सोही वडाको डोग्रीका ४३ बर्षीय मानबहादुर सिंह, सोही ठाउँका ४० बर्षीय रामबहादुर सिंह, सोही वडाको मुलेडाँडाका १७ बर्षीय रविन सिंह, सोही वडाको टालेगाउँका ३५ बर्षीय निमबहादुर सिंह बेपत्ता भएका छन् ।
जाजरकोटको कुशे गाउँपालिका – २ टालेगाँउ ससुरालाली घर भइ जुम्ला जिल्लाको तिला गाउँपालिका – ३ का ४५ बर्षीय जनक शाही, कुशे गाउँपालिका – २ डोग्री ससुरालाली घर भइ रोल्पाका २२ बर्षीय दिपक रानापनि बेपत्ता भएका छन् ।
त्यस्तै जाजरकोटको जुनिचाँदे गाउँपालिका – २ मजकोटका २८ बर्षीय गगनबहादुर शाही, सोही ठाउँका ५० बर्षीय रामबहादुर शाही, जुनिचाँदी – ३ का ३१ बर्षीय गोरखबहादुर शाही, सोही वडाका ३० बर्षीय रेशम खड्का, उनकी श्रीमति २८ बर्षीया पार्वती खड्का, सोही ठाउँका ३४ बर्षीय केशबबहादुर खड्का, सोही ठाउँकी ३० बर्षीया निर्मला खड्का बेपत्ता भएका छन् ।
त्यस्तै बर्दियाको मधुवन नगरपालिकाका वडा नं. ६ गाँउ नम्बरका ४ का ३९ बर्षीय नरेन्द्र खड्का, उनकी श्रीमती ३० बर्षीया सरस्वती भण्डारी खड्का र उनीहरुका २ बर्षीय छोरा रोमन खड्का बेपत्ता भएका छन् ।
त्यस्तै मधुवन – ५ गाउँ नम्बर ८ की अमृता परियारपनि बाढी पहिरोमा परि बेत्तपा भएकी छन् ।
उता धादिङको ज्वालामुखी गाउँपालिका–२ काफलपानीका चार जना बेपत्ता भएका छन् । स्थानीय ५३ वर्षीय लालबहादुर तामाङ, ६५ वर्षीय छोलामा तामाङ, ५५ वर्षीय फेलामा तामाङ र ४८ वर्षीय सिंहबहादुर तामाङ बेपत्ता भएका छन् ।
बेपत्ताहरुको सूची बढ्ने सक्ने अनुमान गरिएको छ ।

