२०८२ कार्तिक २१ गते शुक्रवार

मोटरसाइकलको ठक्करबाट घाइते गौमती रोकाको उपचारका क्रममा मृत्यु

तुलसीपुर, साउन १८ । मोटरसाइकलको ठक्करबाट घाइते तुलसीुपरकी एक महिलाको उपचारका क्रममा बाँकेमा मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका – ७ की ६५ बर्षीया गौमती रोकाको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले मृत्यु पछि पोष्टमार्टमका लागि शब भेरी अस्पताल नेपालगंजमा लगिएको जानकारी दिएका छन् ।

तुलसीपुर उपमहानगरपालिका – १९ बाँसगडीमा कुटिचौर बाट बिजौरी तर्फ आउँदै गरेको रा. ५ प २६७८ नम्बरको मोटरसाइकले पैदलयात्री रोकालाई शनिबार दिउँसो साढे २ बजेतिर ठक्कर दिएको थियो ।


दुर्घटनामा पछि घाइते रोकालाई राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएको थियो । तुलसीपुरमा उपचार संभव नभएपछि थप उपचारका लागि बाँकेस्थित नेपालगंज मेडिकल कलेज कोहलपुरका लागि रिफर गरिएको थियो ।

रोकाको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


दुर्घटनामा चालक तुल्सीपुर – ७ का १६ बर्षीय लक्षमण भुसाल र पछाडि सवार सोही ठाउँका १४ बर्षीय रोहित खनाल सामान्ने घाइते भएका थिए ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८२ साउन १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *