२०८३ भाद्र १० गते बुधवार

मोतिपुर ओरालोमा ट्रयाक्टर पल्टियो, २ किशोरको मृत्यु , ३ जना घाइते

तुलसीपुर, साउन १५ । तुलसीपुरमा बिहीबार बिहान ट्रयाक्टर दुर्घटनामा परि दुई किशोरको मृत्यु भएको छ । मतृक दुबै किशोर तुलसीपुर उपमहानगरपालिका – १७ का हुन ।

तुलसीपुर – १७ का १५ बर्षीय सविन भण्डारी र सोही ठाउँका १६ बर्षीय मनोज रोका मगरको दुर्घटनामा परि मृत्यु भएको हो ।


उनीहरु दुबै जनालाई दुर्घटना पछि ट्रयाक्टरले च्यापेको थियो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले उनीहरुलाई उद्धार गरि उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।


तुलसीपुर – घोराही सडक खण्ड अन्तरगत तुलसीपुर उपमहानगरपालिका – ७ मोतिपुरको ओरालोमा बिहान ११ बजेतिर तुलसीपुरबाट विजौरी तर्फ जाँदै गरेको रा १ त ३४७८ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भइ पल्टिएको थियो ।


सोही दुर्घटनामा परि ट्रयाक्टरमा सवार तुलसीपुर – १७ का १५ बर्षीय धनबाहदुर चौधरी र तुलसीुपर – १८ बजौरीका २६ बर्षीय प्रकाश चौधरीपनि घाइतते छ्न ।

उनीहरुको अवस्था सामान्ने रहेको प्रहरीले जनाएको छ । ट्याक्टर चालक तुलसीपुर – १७ मानपुरका २६ बर्षीय सुरेश चौधरीको बाँया हातमा चोट छ ।


प्रत्यक्षदर्सीका अनुसार बिपरित दिशाबाट टेम्पो आइरहेको थियो । ओरालोमा अनियन्त्रत भइ गुडेको ट्रयाक्टर टेम्पोलाई जोगाउन खोज्दा दुर्घटनामा परेको थियो ।

प्रहरी स्रोतका अनुसार चालकले मदिरा सेवन गरि ट्रयाक्टर हाँकेको हुँदा दुर्घटना परेको आशंका भइ रहेको छ ।

चालक चौधरीको मापसे चेकजाँच भइ रहेको छ । उनले मदिरा सेवन गरेको प्रारम्भीक अनु्सन्धानबाट खुलेको प्रहरी स्रोतले बताएको छ ।
दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ साउन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *