२०८२ कार्तिक २९ गते शनिवार

सुदुरपश्चिमा कानुन मन्त्रीको गाडीले भौतिकमन्त्रीको गाडीलाई ठक्कर दियो

दाङ, साउन १३ । सुदुरपश्चिम प्रदेशका दुई मन्त्रीका गाडी मंगलबार दिउँसो ठोक्किएका छन् ।

मंगलबार दिउँसो १ बजेतिर लम्कीचुहा नगरपालिका – १ मा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल सवार गाडीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की सवार गाडीले पछाडिबाट ठोकेको हो ।

कैलालीका प्रहरी प्रबक्ता डिएसपी राजकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको गाडी पच्छ्याउँदै गरेका बखत कानुन मन्त्री सार्की सवार से १ झ ३३० गाडीले भौतिक पूर्वाधार मन्त्री पाल सवार बा. २ झ १४१९ को गाडीलाई पछाडिबाट ठोकेको हो ।

रातो रंगको गाडीमा कानुन मन्त्री सवार थिए । सोही गाडीमा बढी क्षति पुगेको छ । कानुन मन्त्रीको गाडी गुड्न सक्ने अवस्था नरहेका दुबै मन्त्री भौतिक पूर्वाधार मन्त्रीको गाडीमा कार्यक्रमस्थल तर्फ लागेका थिए ।

प्रधामन्त्री ओली मंगलबार कैलालीको चिसापनीमा पुगेका छन् । प्रधानमन्त्रीलाई पच्छ्याउँदै जाने क्रममा एक मन्त्रीको गाडीले अर्कौ मन्त्रीको गाडीलाई पछाडिबाट ठक्कर दिएको हो ।

घटना बारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहलीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ साउन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *