दाङ, साउन १० । लिभिङ टुगेदरमा बस्दै आएकी १९ बर्षीया एक युवतीको हत्या भएको छ । यो घटना बाँकेको नेपालगंजको हो ।
दैलेखको भैरबी गाउँपालिका – २ घर रहेकी १९ बर्षीया निर्मला थापाको हत्या बर्दियाको बारबर्दिया नगरपालिका – ३ का ३३ बर्षीय प्रकाश सुनारले आँफुले डोरीले घाँटी कसेर गरेको प्रहरी समक्ष बयान गरेका छन् ।
हत्या पनि प्रकाशले आँफै निर्मलाका अभिभावक र प्रहरीलाई सम्पर्क गरि आँफुले हत्या गरेको कुरा गरेका थिए ।
सामान्ने बिबाद पछि निर्मला सुतेको समयमा प्रकाशले डोरीले घाँटी कसेर निर्मलाको हत्या गरेको प्रहरी समक्ष साबिति बयान गरेका छन् ।
बाँकेका प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले बुधबार राति हत्या पछि बिहान कोठा बन्द गरेर प्रकाश बाहिर निस्किएका थिए । उनी आँफैले बिहीबार दिउँसो निर्मलाका अभिभावकलाई फोन गरि आँफुले निर्मलाको हत्या गरेको बताएका थिए ।
त्यस्तै उनले शुक्रबार बिहान आँफैले प्रहरीमा फोन गरि निर्मलाको हत्या गरेको हुँदा आत्मसर्मपन गर्न प्रहरीमा आउन थालेको बताएका थिए । प्रहरीले बीचमै गइ धम्बोजी चोक नकिजबाट प्रकाशलाई पक्राउ गरेको थियो ।
त्यसपछि प्रहरी नेपालगंज उपमहानगरपालिका – १२ बेलासपुरमा उनीहरु बस्ने कोठा खोलेर हेर्दा निर्मलाको शब फेला परेको थियो । प्रहरी अनुसन्धानबाट उनीहरु बिगत तीन बर्ष यता लिभिङ टुगेदरमा बस्दै आएको खुलेको छ ।
प्रकाश विवाहित पुरुष हुन । बर्दियास्थित घरमा श्रीमती, एक छोरा, एक छोरी छन् । बिगतमा एउटै होटलमा वेटरको रुपमा काम गर्दा उनीहरु आपसमा प्रेममा परेपछि लिभिङ टुगेदरमा बस्न थालेका थिए ।
पछिल्लो समय भने निर्मलाले नेपालगंजको विपीचोकस्थित ‘सुनाखरी रेस्टुरेन्ट’मा र प्रकाशले पनि त्यहीकै ‘स्वस्तिक कटेज’मा वेटरको काम गर्दै आएका थिए ।
डिएसपी पातलीका अनुसार शनिबार पोष्टमार्टम पछि निर्मलाको शब उनका अभिभावकलाई बुझाइएको छ । निर्मला हत्या घटना बारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।
