२०८३ भाद्र ११ गते बिहिवार

बोलेरोको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमति घाइते

दाङ, साउन ७ । सुर्खेतमा बोलेरो जिपको ठक्कर बाट श्रीमानको मृत्यु भएको छ भने श्रीमति घाइते भएकी छन् ।

घाइते मध्य सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – ११ धुलियाबिटका ३५ बर्षीय प्रेम बुढाको उपचारका क्रममा मृत्यु भएको बिहान बिहान साढे ११ बजेतिर मृत्यु भएको सुर्खेतका प्रहरी प्रबक्ता मोहनजंग बुढथापाले जानकारी दिए ।

प्रेमकी श्रीमति ३२ बर्षीया तिलकुमारी बुढा दिउँसो १ बजेतिर उपचार पछि डिस्चार्ज भएकी थिइन ।


प्रहरीका अनुसार बुधबार बिहान सुर्खेत लेकवेसी नगरपालिका – ६ का २१ बर्षीय यामलाल सुनार क.प्र.०२००१ च. ०९४४ नम्बरको बलेरो गाडी चलाएका थिए ।

बिरेन्द्रनगर – ११ धुलियाबिट नजिक गुमीबाट सुर्खेत बजार तर्फ आउदै गरेको सुनारले चलाएको बोलेरोले रोकी राखेको भे. १ क. १३४७ नम्बरको मिनी मिनी ट्रकलाई ठक्कर दिएको थियो ।

त्यो ठक्कर पछि मिनी ट्रकबाट घाँस झार्दै गरेका बुढा दम्पत्ति घाइते भएका थिए । घाइते मध्य श्रीमानको मृत्यु भएको थियो ।
बोलेरो चालक सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ साउन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *