२०८३ असार ५ गते शुक्रवार

तल्लोबाटो अमेरिका जाँदा बाटोमै अस्ताएका डाँगी परिवारलाई ६ लाख सहयोग

शरद रेग्मी, तुलसीपुर, साउन १ दाङ । अबैध मार्ग तल्लो बाटो हुँदै अमेरिका जानेक्रममा बाटोमै अस्ताएका पूर्बबहादुर डाँगीका परिवारलाई ६ लाख सहयोग हस्तान्तरण गरिएको छ ।


नेपाली काँग्रेस दाङका सभापति शंकरप्रशाद डाँगीले परिवारजनलाई ६ लाख रकम हस्तान्तरण गरेका हुन ।

नेपाली काग्रेस दाङका सभापति शंकरप्रसाद डाँगी, तुलसीपुरका नगर सभापति सुरेश हमाल, तुलसीपुर वडा नम्बर ९ का वडाध्यक्ष घनश्याम ढकाल, काँग्रेसका युवा नेताहरु दुर्गाबहादुर खड्का र सन्तोष चौधरी लगाएतले स्वर्गिय पूर्णका बुवा तेजबहादुर डाँगीलाई ६ लाख ३ हजार ७ सय रुपैया हस्तान्त्रण गरिएको हो ।


अमेरिकामा रहेको राप्ती समाजका अध्यक्ष डिबीबहादुर रावतको नेतृत्वमा उक्त रकम शंकलन गरिएको थियो ।

काग्रेस दाङका सभापति डाँगीले पीडित परिवार जनका लागि आपसमा सहयोग जुटाउन अमेरिकामा रहेका रावतलाई आग्रह गरेका थिए ।

गत फागुन २१ गते अमेरिका जानेक्रममा घानाको आका भन्ने स्थानमा ह्रदयघातका कारण डाँगीको ३७ बर्षको उमेरमा निधन भएको थियो ।

प्रकाशित मिति : २०८२ साउन १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *