२०८३ असार ५ गते शुक्रवार

स्कार्पियोले मोटरसाइकलाई ठक्कर दिदा फूलबारीका नेपाली गम्भीर घाइते

तुलसीपुर, असार २७ । राप्ती राजमार्ग अन्तरगत तुलसीपुरको उरहरी चोकमा स्कार्पियोको ठक्कर बाट एक जना मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका – १३ फूलवारीका २० बर्षीय दिपेश नेपाली छन् ।
नेपाली बाँया खुट्टा, ढाड र पेटमा गम्भीर चोट पटक लागेको छ ।

अचेत अवस्थाका नेपालीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचार पछि थप उपचारका लागि नर्सिङ होम नेपालगंजका लागि रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले बताए ।

तुलसीपुर – ११ उरहरी चोकमा तुलसीपुरबाट नेपालगंज तर्फ जाँदै गरेको बा १८ च ३१३९ नम्बरको स्कार्पियोले रा ७ प ५५५९ को मोटरसाइकललाई उरहरी चोकमा बिहान साढे १० बजेतिर ठक्कर दिएको थियो ।

उरहरी चोकका आचार्य मोटरसाइक वर्कशप ग्यारेजमा बिग्रीएको मोटरसाइकल मर्मत पछि हाईबेमा चेक गर्ने क्रममा स्कार्पियोले ठक्कर दिएको प्रहरी निरीक्षक मगरले बताए ।


स्कार्पियो चालक सल्यानको कपुरकोट गाउँपालिका – ३ का बर्ष ३१ बर्षीय रेवन्तसिङ ठकुरीलाई प्रहरी चौकी उरहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी उरहरीबाट प्रहरी नायव निरीक्षक यकबहादुर खड्काको कमाण्डमा ४ जनाको टोली घटना लगतै उरहरी चोक पुगेको थियो ।

तस्बिर –रेकबिक्रम राना

प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *