२०८२ असार २३ गते मङ्गलवार

एसइई नतिजा : दाङमा ६२.७६ प्रतिशत विद्यार्थी उत्तीर्ण, २६ जनाले ल्याए चार जिपिए

लीलाधर वली,दाङ,असार १६ । दाङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ६२.७६ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् ।

शिक्षा विकास तथा समन्वय एकाई कार्यालयका सूचना अधिकारी तिलकराम बञ्जाडेका अनुसार एसइई परीक्षामा सहभागी भएका १४ हजार दुई सय आठजना विद्यार्थीमध्ये ६२.७६ प्रतिशत अर्थात् आठ हजार नौ सय १७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

परीक्षामा सहभागी करिब ३६.८२ प्रतिशत अर्थात् पाँच हजार दुई सय ३१ जना विद्यार्थी अनउत्तीर्ण (अवर्गीकृत) हुँदा ६० जना विद्यार्थीको परीक्षा रद्द भएको छ ।

उत्तीर्ण हुने विद्यार्थी नियमिततर्फ परीक्षामा सहभागी भएका ११ हजार पाँच सय ५२ जनामध्ये सात हजार पाँच सय ९९ उत्तीर्ण (वर्गीकृत) छन् भने तीन हजार आठ सय ९९ जना अनउत्तीर्ण (अवर्गीकृत) भएका छन् ।

त्यसैगरी नियमित र ग्रेटवृद्धि प्राविधिकतर्फ चार सय पाँचजना विद्यार्थीले परीक्षा दिएकोमा एक सय ५७ जना उत्तीर्ण हुँदा दुई सय ४५ जना विद्यार्थी अनउत्तीर्ण भएका छन् ।

कार्यालयका अनुसार ३.६ देखि ३.९७ जिपिए ल्याउनेमा एक हजार तीन सय ८५ जना, ३.२ देखि ३.६ भन्दा कम जिपिए ल्याउनेमा दुई हजार ६ सय ३९ जना, २.८ देखि ३.२ भन्दा कम जिपिए ल्याउनेमा दुई हजार तीन सय ५९ जना, २.४ देखि २.८ भन्दा कम जिपिए ल्याउनेमा एक हजार दुई सय ३४ जना र २.० देखि २.४ भन्दा कम जिपिए ल्याउनेमा एक सय १३ जना विद्यार्थी रहेका छन् ।
२६ जना विद्यार्थीले ल्याए चार जिपिए

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा दाङका २६ जना विद्यार्थीले चार जिपिए ल्याउन सफल भएका छन् । शिक्षा विकास तथा समन्वय एकाई दाङका अनुसार चार जिपिए ल्याउने २६ जना विद्यार्थीमध्ये दुईजना समुदायिक विद्यालय र २४ जना संस्थागत विद्यालयका विद्यार्थी रहेका छन् ।

शिक्षा विकास तथा समन्वय एकाई दाङका अनुसार जिल्लामा दुईवटा सामुदायिक विद्यालयबाट एक÷एक जना विद्यार्थीले चार जिपिए ल्याएका छन् भने बाँकी १३ वटा संस्थागत विद्यालयका २४ जना विद्यार्थी रहेका छन् ।

जिल्ला सामुदायिक विद्यालयतर्फ आदर्श माध्यमिक विद्यालय लालमटियाबाट सन्दिप गिरी र गुरुजजुर माध्यामिक विद्यालय रक्षाचौरबाट टोपबहादुर पुनले चार जिपिए ल्याउन सफल भएको शिक्षा विकास तथा समन्वय एकाई दाङका सूचना अधिकारी बञ्जाडले जानकारी दिएका छन् ।

उनका अनुसार सबैभन्दा धेरै चार जिपिएर ल्याउनेमा संस्थागत विद्यालय ज्ञानज्योति पब्लिक स्कुलका पाँचजना विद्यार्थी रहेका छन् ।
जसमा सविन भुषाल, समिर केसी, भविष्य थापा, पवन डाँगी, भावना पोख्रेल र अन्जली घर्ती रहेका छन् ।

त्यसैगरी गोर्खा सेकेन्डरी स्कुल तुलसीपुरबाट भुमा खड्का, शिशिर सुनार र दिपक क्षेत्री, जनज्योति विद्यामन्दिर घोराहीबाट सक्षम अधिकारी, निरुता खनाल र लोमस वली र बाल सहारा इङ्लिस स्कुल तुलसीपुरबाट हरिकला घर्तीमगर, साधना अधिकारी र शिखा विक रहेका छन् ।

माउन्टभ्यु इङ्लिस बोर्डिङ स्कुल घोराहीबाट सलिना पौडेल र सिद्धान्त अधिकारी, गोर्खा सेकेन्डरी स्कुल लमहीबाट मिलन खनाल, सनलाइट मोर्डन सेकेन्डरी स्कुल लमहीबाट जेसिका शर्मा, सिद्धार्थ एकेडेमी घोराहीबाट हिमानी शर्मा, दीपशिखा सेकेन्डरी स्कुल घोराहीबाट श्रीगेश गिरी, आइडियल इङ्लिस बोर्डिङ स्कुल तुलसीपुरबाट महिम चौधरी, पब्लिक एजुकेशन एकेडेमी राप्तीबाट आशिका पौडेल, पिपुल्सल्याण्ड सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल हापुरेबाट रितु पौडेल र अमृत एकेडेमी विजौरीबाट अञ्जली घर्तीमगरले चार जिपिए ल्याउन सफल भएका हुन् ।

प्रकाशित मिति : २०८२ असार १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *