२०८३ जेष्ठ १४ गते बिहिवार

लायन्स र लियो क्लबले खुवाए मानव सेवा आश्रममा दही चिउरा

तुलसीपुर,असार १५ । आज असार १५ धान दिवसको अवसरमा लायन्स क्लब अफ दाङ र लियो क्लब अफ तुलसीपुरको आयोजनामा मानवसेवा आश्रम तुलसीपुरमा दही चिउरा खाने कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम लियो क्लबका अध्यक्ष सत्य नारायण चौधरीको अध्यक्षतामा तथा लायन्स क्लब अफ दाङका अध्यक्ष गोरख ओलीको प्रमुख आतिथ्यतामा भएको हाे ।

प्रमुख अतिथि ओलीले असार १५ गते दही चिउरा खानु ऐतिहासिक, सांस्कृतिक र कृषि परम्परासँग जोडिएको भएकाले आश्रममा आश्रितहरुलाई धान दिवसको महत्व बुझाउन यो कार्यक्रम राखिएको बताए ।

कार्यक्रममा सहभागी आश्रमका लक्ष्मी नारायण तथा बालगोपालहरु दही चिउरा पाएर खुशी देखिएका थिए।

लियो क्लबका अध्यक्ष चौधरीले सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले आगामी दिनमा पनि अभाव तथा जोखिममा रहेका व्यक्तिहरुको सहयोग र हेरचाहमा क्लबले निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

लायन्स क्लबका सचिव कमल डिसीले स्वागत मन्तव्य राखेको कार्यक्रममा सञ्चालन मानवसेवा आश्रमका प्रमुख हीरु जोशीले गरे ।

सञ्चालक जोशीका अनुसार हाल आश्रममा ४३ जना महिला, १४ जना पुरुष र ८ जना बालबालिका गरी जम्मा ६५ जना आश्रित रहेका छन्।

कृषि परम्पराको सम्मान, मेहनतको ऊर्जा र सामूहिक रमाइलोको प्रतीकका रूपमा असार १५ मा दही चिउरा खाइने परम्परा रहेको छ ।

प्रकाशित मिति : २०८२ असार १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *