२०८३ साउन ११ गते सोमवार

बलात्कार मुद्दामा पक्राउ परे आइसियलका नेता खत्री

दाङ, असार १३ । नेकपा (माओवादी केन्द्र) निकटको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसियल) का एक नेता बलात्कार मुद्दामा पक्राउ परेका छन् ।

वाइसियलका कर्णाली प्रदेश कमिटी सदस्य ३० बर्षीय रेशम खत्री बिहीबार राति रुकुम पश्चिम प्रहरीले सानीभेरी गाउँपालिकास्थित एक होटेलबाट पक्राउ परेका हुन ।

सानेभेरी – २ का खत्रीका बिरुद्ध दुई महिना पहिलै जाजरकोटी एक जना १७ बर्षीया किशोरीले बलात्कार मुद्दा दिएकी थिइन ।


वाइसियल रुकुम पश्चिमको चौरजहारीका इन्चार्ज समेत रहेका रेशम त्यसपछि फरार भएका थिए । पछिल्लो समय उनी आफ्नै ठाउँमा आएको गोप्य सूचनको आधारमा एक होटेलमा बसेको खुलेपछि होटेलबाटै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रेमश बिष्टले बताए ।


प्रहरीका अनुसार २०७९ चैतमा चौरजहारीको एक होटेलमा पुर्‍याएर रेशमले आँफुलाई बलात्कार गरेको कुरा पीडितले जोहरीमा उल्लेख गरेकी छन् ।

त्यो बलात्कार पछि गर्भ रहन गइ उनले छोरीलाई समेत जन्म दिइ सकेकी छन् । यो बीचमा रेशमले आँफुलाई जाहेरी नदिन मानसिक रुपमा दबाब दिने गरेको पीडितले बताएकी छन् ।


गएराति पक्राउ परेका रमेशलाई प्रहरीले शुक्रबार अदालतबाट म्याद थपका लागि लैजाने तयारी भइ रहेको जानकारी दिएको छ । म्याद थप पछि बलात्कार मुद्दामा अनुसन्धान अगाडि बढाउने प्रहरीले जानकारी दिएृको छ ।

प्रकाशित मिति : २०८२ असार १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *