२०८३ साउन ११ गते सोमवार

उपमेयर श्यानी चौधरीको ‘दिदी घर’ संस्थालाई ५० लाख बजेट

तुलसीपुर , असार १० । तुलसीपुरकी उपप्रमुख श्यानी चौधरीले मंगलबार नगरसभाको १७औं अधिवेशनमा साढे २ अर्ब ६ करोड बराबरको बजेट प्रस्तुत गरिन ।

उपप्रमुख चौधरीले कुल १७ पृष्ठ लामो बजेट प्रस्तुत प्रस्तुत गरेकी थिइन ।
चौधरीले जब पृष्ठ नम्बर ७ को बुँदा नम्बर १२ बाचन गरिन त्यतिखेर केही वडाध्यक्षहरुले जिब्रो नै टोकेको देखिन्थ्यो ।


त्यसको पछाडिको कारण थियो त्यो १२ नम्बर बुँदामा ‘दिदी घर’ संस्थाका लागि ५० लाख बजेट बिनियोजन गरिएको छ । त्यो संस्था उपप्रमुख चौधरीकै हो ।
तुलसीपुर – ६ डुर्मीगाउँस्थित आफ्नै घरमा उनले निर्वाचित हुनु भन्दा पहिलादेखि नै उक्त संस्था संचालन गर्दै आएकी थिइन ।


पहिलो पटक सरकारी तहबाट चौधरीको संस्थालाई बजेट बक्तब्य मार्फत बजेट परेको हो । सोही पेज नं. ७ कै बुँदा नम्बर १४ मा तुलसीपुर बजारको केन्द्र भाग (मुटुमा) रहेको एक मात्र अरनिको खेल मैदानको बिकासका लागि जम्मा २० लाख बिनियोजन गरिएको छ ।

उपप्रमुख चौधरीको संस्थालाई ५० लाख छुट्याएको तर अरनिको मैदानलाई जम्मा २० लाख छुट्याएको भन्दै पत्रकारदेखि कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सामाजिक सञ्जाल रंगाएका छन् ।

उपप्रमुखको चौधरीले सञ्चालन गर्दै आएको संस्थाले असहाय बालबालिकालाई संरक्षण दिदै आएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल उनलाई नेकपा (एमाले)ले गत स्थानीय तह निर्वाचनमा एकाएक उम्मेदवार बनाएको थियो ।

प्रकाशित मिति : २०८२ असार १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *