२०८२ असार २४ गते बुधवार

ढोकामा ताल्चा – कोठा भित्र युवतीको शब फेला

दाङ, असार ९ । धनगढीमा बाहिर बाट ताल्चा लागेको कोठा भित्र एक युवतीको शब फेला परेको छ ।

जिल्लाको धनगढी उपमहानगरपालिका – २ को बैयाबेहडीमा ३० वर्षीया रेणुका चौधरीको शव फेला परेको हो ।


जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजकुमार सिंहले शबमा घाँटी र चिउडोमा घाउ खतहरु देखिएको हुँदा उनको हत्या भएको आशंका भइ रहेको बताए ।

चौधरीको शब फेला परेको घरको कोठा बाहिर ताल्चा लागेको थियो । प्रहरीले ताला फोडेर ढोका खोलेको हो ।


सोमबार बिहान सात बजेतिर घरबेटीले कोठाबाट गन्ध आउन थालेको भन्दै प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी पुगेर ढोका फोडेर हेर्दा चौधरीको शब फेला परेको थियो ।

शब गन्हाउने र सडेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार मृत फेला परेकी चौधरीले काम खाने पानी कार्यालयकी कर्मचारी हुन । चौधरीले सर्वसाधारणको घरमा गइ पानीको मिटर रिडिङ गर्ने काम गर्थिन । सोही जागिरका कारण भाडामा बस्दै आएकी थिइन ।

उनको घर कञ्चनपुरको पुनर्वास नगरपालिका – ११ अमरबस्ती रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले घटना स्थलमा तालिम प्राप्त कुकुर लगेर अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : २०८२ असार ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *