
शिवु खनाल,
देउखुरी, असार २२ । लमही नगरपालिका वडा नमबर ३ मा.वि फल्कापुर कक्षा दशमा अध्ययनरत नवराज खनालले पहिलो पटक निशुल्क अनुदानमा विद्यालयमा स्कुलबस पुगेपछि आफू निकै खुसी भएको बताए । खनालले भने, पहिला त पैदल हिँडेर विद्यालय आवतजावत गर्न पनि गाह्रो हुन्थ्यो, साइकल चलाउनु त डराउनु पथ्र्याे अहिले त वडा कार्यालयबाट निशुल्क अनुदानमा विद्यालयमा आफ्नै बस नै आयो, अहिले खुसी छौं । विद्यालयमा स्कुलबस पुगेपछि विद्यार्थीहरुलाई आवागमनमा सहज देखिएको पाण्डेले बताए ।
लमही नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयले वडा अन्र्तगतका दुईवटा सामुदायिक विद्यालयलाई निशुल्क अनुदानमा स्कुलबस हस्तान्त्रण गरेको छ । लमही नगरपालिका वडा नम्बर ३ को वडाकार्यालयको आर्थिक वर्ष ०७५÷०७६ को विनियोजित समनिकरण बजेटबाट अनुदानमा वडा अन्र्तगतका दुईवटा सामुदायिक विद्यालय बालतारा आधारभुत विद्यालय मजगाउँ र मा.वि फल्कापुर विद्यालयलाई शुक्रवार एक कार्यक्रमका बिच ४३ लाख ४० हजार मुल्य बराबरको निशुल्क अनुदानमा स्कुलबस हस्तान्त्रण गरिएको हो ।
साना विद्यार्थीलाई आवतजावतको लागी र विद्यालयमा भर्नादर वृद्धि गर्ने तथा विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यले वडा अन्र्तगतका दुईवटा सामुदायिक विद्यालयलाई स्कुलबस हस्तान्त्रण गरिएको लमही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बाबुराम चोधरीले बताए ।
स्थानिय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएदेखि लमही नगरपालिका वडा नम्बर ३ का दुईवटा सामुदायिक विद्यालयले पहिलो पटक स्कुलबस सहयोग पाएका छन् । दाङको दशवटा स्थानिय तह मध्य लमही नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयले पहिलो पटक वडा अन्र्तगतका दुईवटा सामुदायिक विद्यालयलाई निशुल्क अनुदानमा स्कुलबस हस्तान्त्रण गरेको हो । विद्यालयमा स्कुलबस विद्यालयमा आउँदा विद्यार्थीहरु हर्षित हुदैँ वडाध्यक्षलाई धन्यवाद ज्ञापन गरेका हुन् ।
बालबालिकाले अध्ययनका लागि सबैभन्दा बढी सास्ती भोग्दै आएकका थिए । आवागमनमा समस्या थियो । मा.वि फल्कापुर विद्यालयका प्रध्यानध्यापक सम्झना शर्माले बताइन । सम्झनाले भनिन,– हाईवेको जोखिमबाट मुक्त भैयो । शिशु कक्षाका साना विद्यार्थीहरुलाई धेरै राम्रो भयो । विद्यालयमा स्कुलबस आउँदा धेरै सुविस्ता बढेको बताइन । लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी, उप–प्रमुख देबका बेल्वासे, वडा नम्बर ३ का वडाध्यक्ष बाबुराम चौधरी, वडासदस्य कृष्ण घिमिरेको संयुक्त उपस्थितिमा विद्यालयलाई स्कुलबस हस्तान्त्रण गरिएको हो ।