तुलसीपुर , असार ७ । नेकपा (माआबोदी केन्द्र) को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसियल) का केन्द्रीय अध्यक्ष पुष्पराज वलीले सामाजिक कार्य गर्दै जनताको मन जितेर प्रभाव जमाउँदै वाइसियल लगाडि बढ्न बताएका छन् ।
दाङको तुलसीपुरमा शनिबार ‘होटेल वष्टर्न पाटी प्यालेस’ मा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय अध्यक्ष वलीले सामाजिक बिकृति, बिसंगति चिर्दै वाइसियल अगाडि बढ्ने जोड दिए ।
युवामा ब्याप्त नकारात्मक कुराहरुलाई चिर्दै सकारात्मक आशा जगाउने गरि वाइसियलले गतिबिधि सञ्चालन गर्ने अध्यक्ष वलीले बताएका हुन ।
गरिब र निम्न वर्गका युवाका लागि विषेश गरि आवाज बुलन्द पार्ने बताए । उनले त्यस्ता युवालाई आत्मनिर्भर बनाउन उद्यमशिलताको बिकासमा वाइसियल लाग्ने बताए ।
वाइसियलले पूँजीपतिका लागि काम गर्ने नगर्ने स्पष्ट पार्दै निम्न बर्गको आवाज बुलन्द गर्ने गर्दै अवाडि बढ्ने र त्यसक्रममा पूँजी पतिले बाटो छेक्न खोजे जनताकै साथ लिएर त्यस्को प्रतिकार गरिने चेतावनी दिए ।
समाज कसरी परिवर्तन गर्न सकिन्छ भन्ने मुख्य उदेश्यका साथ वाइसियल वर्गियताको उत्थानमा केन्द्रित हुने उनले बताए । त्यस्तै १६ देखि २५ बर्षको जेन्जी पुस्ता कर्मगर्न छोडेर रिलमा मात्रै भुल्न थालेको भन्दै यो पुस्ताका कतिपय कुलतमा फसेको हुँदा उनीहरुमा सुधार्दै नेतृत्व बिकास गराउन जोड दिने बताए ।
त्यस्तै उनले कुनैपनि बिपदमा वाइसियलले स्वएंम सेवकको रुपमा प्रहरी भन्दा पहिलै पुगेर उद्धारको कार्य गर्ने गरि तयारी थालिएको बताएका थिए ।
त्यस्का लागि प्रत्येक जिल्ला र पालिकामा वाइसियललाई तालिम दिएर स्वएंमसेवक तयार पार्नेदेखि र बिपदमा उद्धारका क्रममा आवश्यक सबै प्राबिधिक चिज बस्तुहरु उपलब्ध गराइने बताएका थिए ।
बिपदको समयमा पहिला वाइसियल प्रहरीको पछि लागेर उद्धारमा खटिने गरेपनि अबदेखि कुनैपनि खाले बिपदको समयमा सबै भन्दा पहिला वाइसियल पुग्ने गरि तयारी गर्न थालिएको उनले बताएका थिए ।
पत्रकारले सोधेको प्रश्नको जबाफमा उनले वाइसियल कुनैपनि अपराध वा अपराधिक कार्य संग नजोडिने र त्यो स्वीकार्य नहुने बताए । त्यस्तो प्रबृतिलाई निरुत्साहित गर्दै गलत गर्नेहरु संगठनले आँफै कारबाही गर्ने उनले स्पष्ट पारे ।
प्रेस सेन्टर नेपालका तुलसीपुर नगर अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का र प्रेस सेन्टर नेपाल दाङका सचिव दीपक बोहोरा लगाएतले मनतब्य ब्यक्त गरेका थिए ।
दाङको तुलसीपुर उपमहानगरपालिका – ८ पुर्खेउली घर भएका अध्यक्ष वली निर्वाचित भएपछि पहिलो पटक गृह नगर आएका थिए ।