तुलसीपुर, असार ७ । नेपाल प्रेस युनियन दाङ शाखाको भवन निर्माणका लागि दुई जना माननीयले आफ्नो सांसद बिकास कोषबाट ३० लाख बजेट बिनियोजन गरेका छन् ।
नेपाल काँग्रेस प्यूठानबाट निर्वाचित माननीय शहरी बिकास मन्त्री सरोज थापा (रोज) र नेपाली काँग्रेसका तर्फबाट दाङको देउखुरी बाट निर्वाचित माननीय अनुराग खड्काले समान १५ / १५ लाख गरि ३० लाख रुपैयाँ बिनियोजन गरेका छन् ।
मन्त्री थापा र सांसद खड्काले आफ्नो सांसद बिकास कोषबाट लमही नगरपालिका – ५ रातो डाँडास्थित १५ धुर जग्गामा नेपाल प्रेस युनियनको भवन निर्माणका लागि त्यति रकम छुट्याएका हुन ।
लमहीको रातो डाँडाको जग्गा नेपाल प्रेस युनियन दाङका संस्थापक अध्यक्ष रामप्रशाद पौडेलको पालामा खरिद गरिएको थियो । जग्गा खरिदको निर्णय गर्दा संस्थापक सचिव बिपल पोख्रेल थिए । तर, जग्गा खरिद प्रक्रिया सुरु हुँदा युनियनको जिल्ला सचिव देउखुरीबाट प्रतिनिधित्व गर्ने केपी घिमिरे थिए ।
बिगतमा जग्गाको लागि थोरै पैंशा बुझाएको भएपनि नेपाल प्रेस युनियन दाङको नेतृत्वमा नारायण खड्का आइ सकेपछि बाँकी रहेको झन्डै डेढ लाख रकम बुझाएर जग्गाको पूर्जा लिइएको थियो ।
जग्गाको स्वामित्व र हक हस्तान्तरणमा पूर्व अध्यक्ष तथा अधिबक्ता सुदीप गौतम र निर्वतमान अध्यक्ष सञ्तोष सुबेदीले पछिल्लो समय बिषेश भूमिका निर्वाह गरेका थिए ।
मन्त्री थापा र माननीय खड्काले गरि ३० लाख बजेट नेपाल प्रेस युनियनको भवन निर्माणका लागि छुट्याएको हुँदा अब युनियनले भवन निर्माणको प्रक्रिया यो बर्षापछि सुरु गर्ने भएको छ ।
लमही रातोमाटास्थित १५ धुर जग्गामा आफ्नो कार्यालय भवन निर्माणका लागि संगठन भित्र छलफल र सल्लाह गरिने युनियन दाङका सचिव अमर क्षितिज भण्डारीले बताएका छन् ।