२०८२ असार २४ गते बुधवार

तुलसीपुर – घोराही सडक बिस्तारको काम दिवा बन्दना भगवती जेभी वानेश्वर काठमाडौंले पाउने निश्चित

दाङ, असार ६ । तुलसीपुर–घोराही सडक खण्ड चार लेनको रुपमा बिस्तार गर्ने जिम्मा ‘दिवा वन्दना भगवती जेभी वानेश्वर काठमाडौं’ले पाउने निश्चित प्राय भएको छ ।


शुक्रबार सडक विभाग अन्तर्गतको मदन भण्डारी निर्देशनालयले उक्त निर्माण कम्पनीको नाममा पत्र स्वीकृत गर्ने आशयकको सूचना सार्वजनिक गरे संगै सुनिश्चितता भएको हो ।


सडक डिभिजन दाङका प्रमुख इञ्जिनियर दिपेन्द्रबहादुर विष्टका अनुसार शुक्रबार दिवा/बन्दना भगवती जेभी काठमाडौंको पत्र स्वीकृत गर्ने आशयको सूचना सार्वजनि भएपछि अब सात दिनको समय प्रदान गरिएको हुन्छ ।

त्यो समयमा निर्माण कम्पनीका बारेमा कसैलाई केही गुनासो वा कैफियत भए त्यसका बिरुद्ध निवेदन वा उजुरी दिन सक्छन् । त्यो म्याद असार १२ गतेसम्म रहने छ ।

त्यो एक हप्ताको अबधिमा निर्माण कम्पनीका बिरुद्धमा कतैबाट पनि कुनै गुनासो नआएको खण्डमा निर्देशनालयले असार १३ गते पछि सडक निर्माण गर्ने जिम्मेवारी दिन संझौंताका लागि बोलाउने छ ।

तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराहीको डिके पेट्रोल पम्पसम्मको झन्डै २१ किलोमिटर सडकखण्ड चार लेनमा स्तरोन्नति गर्न तीन अर्ब ९९ करोड रुपैयाँको बोलपत्र निर्देशनालयले फागुन १ गते आह्वान गरेको थियो।

त्यसमा ‘दिवा वन्दना भगवती जेभी वानेश्वर काठमाडौं’ चार मध्य सबै भन्दा कम कम कबोल अंकमा काम गर्र्ने इच्छा जाहेर गरेको थियो । उस्ले जम्मा दुई अर्व ५२ करोड ३७ लाख बढीमा सडक खण्ड बिस्तारको काम गर्ने कबोल गरेको थियो ।


त्यो काम गर्नका लागि पाँच जना निर्माण ब्यबसायीले बोलपत्र पेस गरेका थिए। ठेक्का हालेका पाँच जनामध्ये चार जना निर्माण व्यवसायी मात्रै प्राविधिक प्रस्तावमा सफल भएका थिए। जसमा रौतहट/खानी जेभी प्राइभेट लिमिटेड, त्रियुगा नगरपालिका उदयपुर, लामा कन्स्ट्रक्सन कम्पनी प्रालि, महाराजगञ्ज काठमाडौं, आहिस निर्माण सेवा प्रालि, भक्तपुर–१० चितवन र दिवा/बन्दना भगवती जेभी काठमाडौं थिए । ती चार जना बोलपत्र दाताहरूको आर्थिक प्रस्ताव यही सोमबार खोलिएको थियो ।


सबै भन्दा कम लागतमा सडक बिस्तारको काम गर्ने कबोल गरेको दिवा/बन्दना भगवती जेभी काठमाडौंले काम पाउने निश्चित प्राय भएको हो ।

प्रकाशित मिति : २०८२ असार ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *