२०८२ कार्तिक २९ गते शनिवार

श्रीगैंमा स्कुटीको ठक्करबाट रोल्पाका १४ बर्षे बालक गम्भीर घाइते

तुलसीपुर, जेठ २५ । तुलसीपुरमा स्कुटीले साइकललाई ठक्कर दिदा १४ बर्षे एक बालक गम्भीर घाइते भएका छन् ।

घाइते हुने साइकल यात्री रोल्पाको गंगादेव गाउँपालिका – ३ का १४ बर्षीय कमानसिङ बस्नेत छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरका अनुसार स्कुटीको ठक्कर पछि बालक अचेत छन् । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार जारी छ ।


आइतबार बेलुकी पौने ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका – ७ माटाकुटी नजिकै श्रीगैबाट तुलसीपुर तर्फ आउदै गरेको रा ७ प २५९८ नम्बरको स्कुटीले विपरीत दिशाबाट जाँदै गरेको साइकल यात्रीलाई ठक्कर दिएको थियो ।


स्कुटी चालक तुलसीपुर – ७ का ३६ बर्षीय रुपेस डिसी प्रहरी नियन्त्रणमा छन् ।
घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *