तुलसीपुर, जेठ २५ । गोलटाकुरीबाट तुलसीपुर तर्फ आउँदै गरेको बस दुर्घटना हुँदा २५ बढी यात्रु घाइते भएका छन् ।
दंगीशरणको गोलटाकुरीबाट तुलसीपुर तर्फ आउँदै गरेको ना १ ख ४००९ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका – १३ बखरियामा बिहान पौने ११ बजेतिर दुर्घटनामा परेको थियो ।
बस दुर्घटना हुँदा २५ जना बढी जति यात्रु घाइते भएको अनुमान गरिएको छ ।
घटनास्थलबाट इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले करिब ३० यात्रु घाइते भएको अनुमान भइ रहेको बताए ।
‘पच्चिस बढी र करिब तीस जनाको हाराहारीमा यात्रु घाइते भएको अनुमान भइ रहेको छ,’ उनले भने ‘ सबै घाइतेको उद्धार गरि उपचारका लागि तुलसीपुर बजार तर्फ पठाइएको छ ।’
पल्टिएको बसले मानिस च्यापेको हुन सक्ने आशंकामा जेसेबी पनि बोलाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८२ जेष्ठ २५ गते आइतवार