२०८२ मङ्सिर १ गते सोमवार

राम्री–कपुरकोट सडक खण्ड जेठ २३ देखि असार १ गतेसम्म दिउँसोमा गाडी चलाउन नपाइने


दाङ, जेठ २१ ।दाङको तुलसीपुरदेखि सल्यानको कपुरकोट जोड्ने राप्ती लोकमार्ग जेठ २३ देखि असार १ गतेसम्म दिउँसोमा गाडी चलाउन नपाइने भएको छ ।


राप्ती लोकमार्ग अन्तरगत दाङको तुलसीपुर उपमहानगरपालिका–३ राम्रीदेखि सल्यानको कपुरकोट गाउँपालिकाको कपुरकोट बजारभन्दा केही दक्षिणको ४ किलोमिटर सडक खण्ड मर्मत तथा विस्तारको काम चलिरहेको हुँदा निर्माण पक्षको आग्रहमा स्थानीय प्रशासनले नौं दिन दिउँसभर बाटो बन्द हुने सूचना मार्फत जानकारी दिएको छ ।

उक्त सडक खण्ड जेठ २३ गतेदेखि असार १ गतेसम्म सडक खण्ड बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म बन्द हुने छ । त्यो बाहेकको समयमा भने गाडी सञ्चालन गर्न पाइने भएको छ ।

दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबाहदुर बुढाले सार्वजनिक सूचना मार्फत सडक खण्ड बन्द हुने जानकारी दिएका छन् ।


सडक खण्डमा मर्मत तथा स्तरउन्नतीको काम चलिरहेको हुँदा निर्माण कम्पनीको आग्रहमा स्थानीय प्रशासनले सडक बन्द गर्ने निर्णय गरेको हो ।

निर्माण पक्षले यातायातका साधन सञ्चानमा आउँदा काममा बाधा पुग्ने भन्दै सडक बन्द गर्न माग गरेपछि प्रशासनले काम निर्वाधरुपमा सञ्चालन गर्न सजिलो होस भनेर नौं दिन दिनभर सडक बन्द गर्ने निर्णय गरेको हो ।

सडक खण्ड विस्तार तथा निर्माणका लागि १३ करोड २३ लाखमा सम्झौता भइ काम भइ रहेको हो। सडक निर्माणको जिम्मा आरडी, उज्वल, लोकमणि ज्वाइन्ट भेन्चरले लिएका छन् । २०८० माघ २८ गते सडक निर्माणको सम्झौता भएको थियो। सम्झौतामा आगामी भदौ मसान्तसम्म सडक निर्माणको काम सकिसक्ने उल्लेख छ।


साथै स्थानीय प्रशासलने तोकिएको समयमा साना सवारी साधनलाई बैकल्पिक मार्ग पैंयाखोरिया–सातबास – किमुचौर हुँदै कपुरकोटको यात्रा गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *