२०८२ कार्तिक २२ गते शनिवार

बाख्रो खान गएको नरभक्षी चितुवा नियन्त्रणमा

दाङ, जेठ २१ । बर्दियामा बाख्राको चारो राखेर नरभक्षी चितुवा नियन्त्रणमा लिइएको छ ।


जेठ १४ गते मात्रै गुलरिया नगरपालिका–५ वालापुरकी ५ वर्षीया बालिका सायरा थारुको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।

त्यसअघि वैशाख १५ गतेपनि गुलरिया–८ की ९ वर्षीया मेलिना खड्काको चितुवाको आक्रमणमा मृत्यु भएको थियो ।

बर्दियामा मात्रै चितुवाले मंसिर यता मात्रै स्थानीय चार जनाको ज्यान लिएको छ ।

पौने दुई महिनाको प्रयास पछि झन्डै ६ बर्ष उमेर जतिको भाले चितुवा नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बर्दियाका बरिष्ठ वन अधिकृत रामकुमार चौधरीले बताए ।

थारु सामुदायिक वन, गुलरिया नगरपालिका –५ बालापुर वन क्षेत्रमा चितुवा नियन्त्रणमा लिन बाख्रा राखिएको थियो । बाख्रा खान गएको चितुवा बिहान बुधबार बिहान साढे चार बजेतिर केजमा पसेको थियो ।


बरिष्ठ वन अधिकृत चौधरीका अनुसार यही चितुवाले केही महिनाको अवधिमा तीन जनाको ज्यान लिएको आशंका गरिएको छ ।

डिभिजन वन कार्यालय, बर्दिया राष्ट्रि निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषको झन्डै पौने दुई महिनाको प्रयास पछि समस्याग्रस्त ठानिएको चितुवा नियन्त्रणमा लिन सफल भएको चौधरीले बताए ।

पटक / पटक सर्वसाधारण माथि चितुवाको आक्रमण बढेपछि स्थानीय त्रसिद बन्दै आएका छन् । चितुवाले प्राय साना बालबालिकालाई लक्षित गरि आक्रमण गर्ने गरेको पाइएको छ ।


पछिल्लो समय जेठ १४ गते चितुवाले बालिकाको ज्यान लिएपछि स्थानीयले चितुवा नियन्त्रणमा लिनु पर्ने माग गर्दै सडक खण्ड नै अबरुद्ध पारेका थिए ।

बर्दियामा चितुवाको आक्रमणमा परि सात महिनाको अवधिका चार जनाको मृत्यु भएको तथा १६ जना घाइते भएको डिभिजन वन कार्यालयको तथ्याङखमा उल्लेख छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *