२०८२ असार ७ गते आइतवार

फोर्स गाडीको ठक्करबाट बरुवागाउँका एक युवक घाइते

तुलसीपुर, जेठ ५ । फोर्स गाडीले मोटरसाइकललाई ठक्कर दिदा तुलसीपुर बरुवा गाउँका एक युवक घाइते भएका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा न. ६ बरुवागाँउका २४ बर्षीय बुद्धिराम चौधरी घाइते भएका छन् ।

चौधरीको ढाड, दुवै हात खुट्टामा चोट चोट पटक छ । चौधरीको अवस्था मध्यम रहेको तथा तुलसीपुरमै उपचार जारी रहेको पनि प्रहरीले बताएको छ ।


आइतबार बेलुकी सवा ८ बजेतिर तुलसीपुर उपमहानगरपालिका – ६ घोराही रोड स्थित विद्युत कार्यालयबाट ज्ञानज्योति स्कुल तर्फ जाँदै गरेको रा ५ प १५२७ नम्बरको मोटरसाइकललाई लाई घोराहीबाट तुलसीपुर तर्फ आउदै गरेको एचपी ०१५२२९८ नम्बरको भारतीय नम्बर प्लेटको फोर्स गाडीले ठक्कर दिएको थियो ।

गाडी चालक तुलसीपुर – ९ बेलुवाका ३६ बर्षीय बिरबहादुर खत्री प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *