दाङ,बैशाख ३० । लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् ।
गीता सीके राउत नेतृत्वको जनमत पार्टीकी लुम्बिनी सभाको समानुपातिक सांसद् हुन् ।
लुम्बिनीका सभामुखसमक्ष मंगलबार उनले बुझाएको राजीनामामा देश र जनताको पीर मर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यता रहेको उल्लेख गरेकी छन् ।
उनले दिएको राजीनामा पत्र प्रदेशसभा सचिवालमा दर्ता भएको छैन । प्रदेश सभा सचिव दुर्लभकुमार पुनले सचिवालयमा राजीनामा दर्ता नभएको बताए ।
प्रकाशित मिति : २०८२ बैशाख ३० गते मङ्गलवार